मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरद्धारा बीहीबार जिल्लाको कैलाश गाउँपालिकाको आयोजनाहरुको अनुगमन गरिएको छ । जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालको नेतृत्वमा गएको अनुगमन टोलीले गाउँपालिकामा संघीय र प्रदेश सरकार तथा गाउँपालिका र जिससको मौजदात कोषबाट निमार्ण भएका आयोजनाहरुको अनुगमन गरेको हो ।

सो क्रममा अनुगमन टोलीले प्रदेश सरकारको लगानीमा निर्माण भएको पालिका जोड्ने सडक, जिससको मौजदात कोषबाट करीब २ करोड लागतमा निर्माणाधीन गाउँपालिकाको प्रशासनीक भवन, गाउँपालिकाद्धारा सञ्चालित आइसोलेसन, स्वास्थ्य संस्था साथै भुकम्प पूननिर्माण प्राधिकरण मार्फत निर्माण भईरहेको एकिकृत बस्तीको समेत अनुगमन गरेको थियो ।

अनुगनका क्रममा स्थानीयले बागमती प्रदेश सरकारले करीब १४ करोडको लागतमा चुनीया देखि गाउँपालिकाको केन्द्र कालिकाटार जोड्ने सडक निर्माणमा कमसल सामग्री पैगोग भएको प्रति टोलीलाई ध्यानकर्षण गराएका थिए । स्थानीयले प्रदेशको सडक पूर्वाधार कार्यालय मार्फत निर्माण भईरहेको उक्त सडकमा कमसल सामग्री प्रयोग भएको बताएका थिए । सडक पूर्वाधारबाट निरिक्षण कम भएकोे उनिहरुको गुनासो थियो । यस्तै टोलीले जिससको २ करोडको लागतमा निर्माणाधीन गाउँपलिकाको प्रशासनीक भवनको अनुगमन गरेको थियो । टोलीले आगामी आर्थिक वर्षको बजेट निर्माण गर्दा ध्यान दिनुपर्ने कुरा साथै समग्र अवस्थाका बारेमा समेत जानकारी लिएको थियो ।
अनुगमन टोलीलाई अनुगमन टोलीलाई गाउँपालिका अध्यक्ष टंक मोक्तान, उपाध्यक्ष थिङ, प्रमुख प्रसासकिय अधिकृत देवराज चौलागाईले गाउँपालिकाले गरेका कामहरुका बारेमा जानकारी दिनुभएका थियो । सो क्रममा उहाँहरुले भौगोलिक विकटताका कारण काम गर्न अप्ठ्यारो रहेको बताउनुभएको थियो । उहाँहरुले गाउँपालिकाले सडक पूर्वाधार, प्रशासननीक संरचना, स्वास्थ्य, शिक्षाको क्षेत्रमा व्यापक परिर्वतन भएकोमा संतुष्ट रहेको बताउनुभयो । यस्तै विद्युतीकरणको क्षेत्रमा सबै काम समयमै सपन्न गर्न नसकेको उहाँहरुको भनाई थियो ।

गाउँपालिका अध्यक्ष मुक्तानले आगामी आर्थिक वर्षबाट नयाँ भवनबाट कार्य सुचारु गर्ने गरि प्रशासनीक भवनको काम दु्रत गतिमा भईरहेको जानकारी दिनुभएकोे थियो । यस्तै टोलीले गाउँपलिकाद्धारा सञ्चालित आइसोलेसन तथा स्वास्थ्य संस्थामा खोप कार्यक्रम सञ्चालन भइरहेको समेत अनुगमन गरेको थियो । सो क्रममा गाउँपालका उपाध्यक्ष सुकुमाया थिङले गाउँपालिकामा हालसम्म १२१ जनामा कोरोना पोजेटिभ पुष्टि भएको मध्ये हाल ४१ जना उपचाररत रहेको जानकारी दिनुभयो । गाउँपािलकामा हालसम्म कसैको पनि कोरोनाबाट मृत्यु नभएको तर अहिले गाउँमा व्यापक रुपमा संक्रमण फैलीरहेको उहाँले बताउनुभयो । अनुगमन टोलीमा जिल्ला समन्वय समितिका उपप्रमुख भगवती पुडासैनी, शाखा अधिकृत भीमलाल महर्जन, भुकम्प पूननिर्माण प्राधिकरण जिल्ला अयोजना कार्यान्वय ईकाई (भवन) का विष्णु अर्याल, रविन पाठक, जिससका नायब सुब्बा उपेन्द्रनाथ पोखरेल, लेखापाल अर्जुन दाहाललगायतको सहभागिता थियो ।