मकवानपुर – कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि एक संस्थाले स्वास्थ्य कार्यालय मकवानपुरलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । मकवानपुरमा कोरोनाको संक्रमण बढ्दै गएको अवस्थामा स्वास्थ्य साम्रगीको अभाव हुन नदिन प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा ग्रामीण जागरण तथा विकास संगठन (राडो) नेपालको सहकार्यमा स्वास्थ्य सामग्री हस्तानतरण गरिएको हो ।

No description available.

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल मार्फत संस्थाले करीब साँढे ६ लाख मुल्य बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । स्वास्थ्य कार्यालय मकवानपुर परिसरमा शुक्रबार आयोजित कार्यक्रममा जिसस प्रमुख खुलालले स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय कुमार उपाध्यायलाई स्वास्थ्य साम्रगी हस्तातरण गर्नुभएको थियो ।
स्वास्थ्य कार्यालय मकवानपुर मार्फत वितरण हुनेगरी संस्थाले पिपई, एन्टिजेन्ट किट, भिटिएम, फेसशिल्ड, माक्स लगाएतको स्वास्थ्य साम्रगी प्रदान गरेको हो । स्वास्थ्य कार्यालय मकवानपुरलाई पिपिई ७५ थान, एन्टिजेन किट २ सय थान, डेडबडी ¥यापिङ ब्याग २५ थान, भिटीएम १ हजार थान, एन ९५ मास्क ८५ थान, फेस सिल्ड २ सय थान, ग्लोब्स १ हजार ५ सय थान, स्प्रे पम्प ५ थान र सेनिटाइजर २५ थान प्रदान गरिएको छ । संस्थाले जिल्लाका स्थानीय तहहरुमा पनि स्वास्थ्य साम्रगी सहयोग गर्ने बताएको छ । कार्यक्रममा राडो नेपालका कृष्ण धिताल, दिपेन्द्र पाठक लगायतको उपस्थिति थियो ।