मकवानपु– मकवानपुरमा सोमबार थप १ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण पुुष्टि भएको छ । १६१ जना पिसीआर र ९० जनामा एन्टीजेन विधिबाट गरि २५१ जनामा गरिएको परिक्षणमा १ सय ६ जना र ४२ जना थप १४८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । योसंगै मकवानपुरमा हालसम्म १ हजार ५५७ जना संक्रमित भएका छन् ।
आज हेटौंडा उपमहानगरपालिकामा १०२ जना थाहा नगरमा १४ जना, मकवानपुरगढीमा १४ जना, बागमती गाउँपालिकामा २ जना, मनहरी गाउँपालिकामा भने १६ जनामा संक्रमण पुष्टि भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार आज थप १८ जना संस्थागत आइसोलेसनमा र १४६ जना होम आइसोलेसनमा रहेका छन् । जिल्लामा हाल ७२ जना संस्थागत आइसोलेसनमा र १ हजार ४ सय ८५ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै आज थप ३१ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको कार्यालयले जनाएकोे छ । अहिले हेटौंडाको गौरिटार आइसोलेसनमा २३ जना सक्रमितहरु बसेका छन् । यस्तै हेटौंडा अस्पतालको आइसोलेसनमा २९ जना, चुरेहिलमा १ जना र सहकारी अस्पतालको आइसोलेसनमा ३ जना उपचाररत रहेकाे कार्यालयले जनाएकाे छ ।

May be an image of text that says 'सम्पर्क ०५७-५२०७१६ :dho.makawanpur1@gmail.com प्रदेश सामाजिक विकास मन्त्रालय निर्देशालय स्वास्थय कार्यालय मकवानपुर बागमती प्रदेश, हेटौंडा मकवानपुर जिल्लाको कोभिड दैनिक Update मिति २०७६ बैशाख दिउसो पालिकाको स्वाव परीक्षण संख्या हालसम्म संख्या 10 103 राक्सिराइग 61 90 कोभिड 9को भ्याक्सिन 19को मात्रा जम्मा 146 1485 Note: जम्मा 995 4930 आईसोलेसन सेन्टरमा आईसोलेसन Chure आईसोलेसनमा आईसोलेसनम सेन्टरमा आईसोलेसनमा अस्पताल आईसोलेसन सेन्टरमा आईसालसनमा'