हेटौंडाः मकवानपुर प्रहरीले शनिबार २ किलो ४३५ ग्राम गाँजा र २ वटा अखेटोपार सिङ्गसहित हेटौंडाबाट एक जनालाई पक्राउ गरेको छ । प्रहरीले लागुऔषध गाँजा २ किलो ४३५ ग्राम, वन्यजन्तुको अखेटोपार सिङ्ग २ थान र नगद २६ हजार ३५० सहित हटौंडा– ९ बस्ने २४ वर्षीय सिद्धार्थ भण्डारीलाई पक्राउ गरेको हो ।
प्रहरी विशेष सुचनाको आधारमा भण्डारीको घरमा खानतलासी गर्दा उक्त सामग्री फेला पारेको जनाएको छ । प्रहरीले बन्यजन्तुको अखटोपार सिङ्ग, गाँजासहित भण्डारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब निरीक्षक अविनाश अधिकारीले जानकारी दिनुभयो ।