हेटौंडा–मकवानपुर प्रहरीले जिल्लाका विभिन्न स्थानबाट बरामद गरेको ठुलो परिमाणको लागुऔषध जलाएर नष्ट गरेको छ । प्रहरीले गत भदौ १ गतेदेखि २० गते सम्म विभिन्न स्थानबाट बरामद भएका गाजा कोरेक्स,ईट्रोभेट ,फेनारगन लगायतका अन्य लागु औषध बुधबार जलाएर नष्ट गरेको हो ।
प्रहरीले ३ सय ९२ कलो ८५५ ग्राम लागु औषध गाँजा, ६ सय ५६ ट्याब्लेट नाईट्रोभेट, ४१ एम्पुल फेनारगन, ४१ एम्पुल ब्युप्रोनोर्फिन, ४२ एम्पुल डाईजेल्याब र ११ बोतल युन्सिरेक्स लगायतका लागु औषध भिमफेदी गाउँपालिका वडा नम्बर १ को सानुटार र हेटौँडा १ को संगमस्थल स्थित खोलामा जलाएर नष्ट गरेको हो ।
मकवानपुर प्रहरी प्रमुख, प्रहरी उपरीक्षक मुकश कुमार सिंह, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि मदन कुमार श्रेष्ठ, प्रहरी निरीक्षक पवन कुमार झा, पत्रकार, प्रहरी सेवा केन्द्र हेटौंडा ९का अध्यक्ष राम विष्ट, उपभोक्ता मञ्च मकवानपुरका सचिव नवराज कोइराला लगायत सरोकारवालाहरुको उपस्थितिमा उक्त लागु औषध जलाए नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटी गएको प्रहरी टोलिले जिल्लाको विभिन्न स्थानबाट बरामद गरेको लागुऔषधहरु अनुसन्धान तथा कारबाहीको प्रक्रिय पुरा गरेर जलाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।