मकवानपुर– नदिजन्य तथा खानी जन्य जिल्ला अनुगमन समितिले बिहीबार हेटौंडा उपमहानगरपालिका र मकवानपुरगढी गाउँपालिकामा नदिजन्य पदाथर्काे उत्खनन् भईरहेको स्थानको अनुगमन गरेको छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख एवम् समितिका संयोजक रघुनाथ खुलालको संयोजक्त्वमा विपद व्यवस्थापन समिति मार्फत उत्खनन् भईरहेको स्थानको अनुगमन गरेको हो ।

अनुगमन समितिले विपद मार्फत हेटौंडाको राप्तीपुल माथिको क्षेत्र, सुपारेटार व्यारेकको माथिल्लो क्षेत्र र मकवानपुरगढीको डुम्रेकुना, सामरी खोला क्षेत्रको अनुगमन गरेको हो । विपद व्यवस्थापन समितिले उक्त क्षेत्रमा विपद जोखिमको सम्भावनालाई मध्येनजर गर्दै नदिजन्य पदार्थको व्यवस्थापन गर्ने निर्णय गरेको थियो । सोहि अनुसार सो क्षेत्रमा स्थानीय तहहरुले व्यवस्थापनको काम गरिरहेका छन् ।

अनुगमन टोलीमा जिसस उपप्रमुख भगवती पुडासैनी, हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना लामा, मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदर हुमागाई, मकवानपुरका प्रहरी प्रमुख सोमेन्द्र सिंह राठौर, जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत देवचन्द्र गर्तौला, हेटौंडा–१ कावडा अध्यक्ष सविन न्यौपानेलगायत डिभिजन वन कार्यालय, हेटौंडा उपमहानगरपालिका, गढी गाउँपालिकाका कर्मचारी, पविधिक लगायतको सहभागिता थियो । अनुगमनका क्रममा उहाँहरुले विपद व्यवस्थापन समितिको निर्णय अनुसार नै काम गर्न निर्देशन दिनुभयो ।

