काठमाडौँ- दक्षिण एसियाकै पहिलो क्रस बोर्डर पेट्रोलियम पाइपलाइनको रुपमा रहेको मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको उद्घाटनसँगै नेपालमा प्रेटोलियम पदार्थको मूल्यमा दुइृ रुपैया घटाइएको छ । पाइपलाईनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा गर्नु अघि नेपालमा प्रेटोलियम पदार्थको मूल्यमा दुर्इ रुपैया घटाइएको हो ।
डिजेल, मट्टीतेल र प्रेट्रोलमा दुई रुपैया मूलय घटाउने निर्णय भएको आयल निगमका कार्यकारी निर्र्देशक सुरेन्द्र पौड्यालले जानकारी दिनुभयो । नयाँ मूल्य लागू भएसँगै पेट्रोलको १०७ र डिजेल तथा पेट्रोलको मूल्य ९५ मा झरेको छ । यसअघि पेट्रोलको मूल्य १०९ र डिजेल तथा मट्टितेलको मूल्य समान ९७ रुपैयाँ थियो ।