मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले नेपाली समाजमा विद्यमान जातीय विभेदको अन्त्यका लागि सबैको सामुहित एवम् सकारात्कम प्रयास आवश्यक रहेको बताउनुभएको छ । ५६औं अन्तराष्ट्रिय जातिभेद उन्मुलन दिवशको अवसरमा आईतबार हेटौंडामा आयोजित नेपालम जातीय छुवाछुतको अवस्था विषयक अन्तरकृया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

दलित सञ्जाल मकवानपुरको आयोजनामा भएको कार्यक्रममा उहाँले छुवाछुतका विषयमा समुदायमा मात्रात्मक रुपमा केहि परिर्वतन भए पनि अझै विकृति विद्यमान रहेकोले त्यसको अन्त्यका लागि सबैको पहलकदमी आवश्यक रहेको बताउनुभयो । राज्यले सैधान्तिक रुपमा ऐन कानुनमा नै व्यवस्था गरेर जातीय विभेदलाई अन्त्य गर्न खोजे पनि व्यवहारीक रुपमा समुदायमा अझै पनि त्यो विषय पूर्ण रुपमा लागु हुन नसकेको प्रमुख खुलालले बताउनुभयो । राज्यद्धारा निर्माण गरिएका ऐन कानुनहरु पूर्ण रुपमा कार्यान्वयन गर्दै जातिय विभेदको अन्त्य हुनुपर्ने भन्दै उहाँले त्यसका लागि समुदायको सोचाईमा परिर्वतन ल्याउन जरुरी रहेको उहाँको भनाई थियो । विभेद अन्तयका लागि सकारात्मक रुपमा प्रतिबद्ध भएर लाग्न सुझाव दिनुहुँदै उहाँले सामाजिक सुधारका विषयमा सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
सञ्जालका जिल्ला अध्यक्ष राम बहादुर नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा जिसस उपप्रमुख भगवती पुडासैनी, दलित संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरु रामकृष्ण देउला, जंगबहादुर विश्वकर्मा, बबिता बिश्वकर्मा, मिलन परियार, गैरसरकारी संस्था महासंघ मकवानपुरका काब अध्यक्ष रमिला सापकोटालगायतको उपस्थिती थियो ।