हेटौंडा– निजामति सेवा पुरस्कार–२०७५ बाट मकवानपुरका भिम बहादुर परियार पुरस्कृत हुनुभएको छ । सरकारले निजामति सेवा दिवसको अवसरमा २२ भाद्रमा परयारलाई सम्मान पत्र सहित पुरस्कृत गरेको हो । उहाँलाई नगद ५० हजार सहित सम्मान पत्रद्धारा सम्मानीत गरिएको छ ।

Image may contain: 8 people, including Bhim Pariyar, people smiling, people standing and suit

मकवानपुर गढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत परियारलाई दिवसको अवसरमा निजामति सेवा पुरस्कारबाट पुरस्कृत गरिएको छ । उहाँ सरकारले यस वर्ष २२ भाद्रमा पुरस्कृत गरेका मध्ये मकवानपुरका एक मात्र कर्मचारी हुनुहुन्छ । उहाँलाई निजामति सेवा पुरस्कार २०७५ बाट सम्मानित गरिएको हो । आर्थिक वर्ष २०७४–०७५ मा उत्कृष्ट निजामती सेवा पुरस्कार एवं निजामती सेवा पुरस्कार प्राप्त गर्ने निजामती कर्मचारीलाई सिंहदरवारमा आयोजित विशेष समारोहका बिच सम्मान पत्र वितरण गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

Image may contain: Bhim Pariyar, standing and text

पुरस्कृत परियारले सहकारी क्षेत्र र स्थानीय तहमा लामो समय काम गरिसक्नुभएका निजामति कर्मचारी हुनुहुन्छ । उहाँले यसअघि थाहा नगरपालिकामा समेत प्रमुख प्रशासकीय अधिकृत भएर सेवा गरिसक्नुभएको छ । भन,े डिभिजन सहकारी कार्यालय मकवानपुरका प्रमुख समेत भैसक्नुभएको छ । सरकारले वर्षेनी निजामति सेवा दिवसको अवसरमा एक जनालाई सर्वोत्कृष्ट, १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार प्रदान गर्दै आएको भएपनि सर्वोत्कृष्ट पुरस्कार दिने कर्मचारी भने भेटाउन सकेन ।
पुरस्कृत परियारले आफुले पाएको पुरस्कारको राशि मकवानपुरमा भर्खरै मात्र स्थापना भएको शैक्षिक सयोग अक्षय कोषलाई सहयोग गर्ने बताउनुभएको छ । आफुले अध्यनका क्रममा धेरै दुख पाएको भन्दै यस्ता कोषहरुको खाँचो भएको अवस्थामा आफुले प्राप्त गरेको पुरस्कारको राशि उक्त कोषलाई सहयोग गर्ने निर्णय गरेको बताउनुभयो ।