हेटौंडा– सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दर्ता खारेज गरेपछि बागमती प्रदेशको राजधानी हेटौंडामा नेकपा एमालेका नेता कार्यकर्ताहरुले दिप प्रज्वलन गरेका छन् । आईतबार सर्वोच्च अदालतल तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भई बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दर्ता खारेज गरिदिएपछि बागमती प्रदेशको राजधानी हेटौंडामा खुसियाली व्यक्त गर्दे नेकपा एमालेका नेता कार्यकर्ताहरुले दिप प्रज्वलन गरेका हुन् ।

अनेरास्ववियु मकवानपुरको आयोजना गरिएको कार्यक्रममा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो । कार्यक्रममा सहभागीहरुले ‘सही पनि एमाले, मै पनि एमाले’,नेकपा एमाले जिन्दावाद ,केपि ओली जिन्दावाद लगाएका नारा लगाएर दिप प्रज्वलन गरेका थिए । आईतबार सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा निर्वाचन आयोगमा दर्ता भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ६ (१) (ङ) र राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को नियम ९ मा भएको कानूनी व्यवस्था विपरीत देखिएपछि उत्प्रेषणको आदेशबाट बदर गरिदिएको हो ।

No description available.

सर्वोच्च अदालतले फैसलामा साविककै नेपाल कम्युनिस्ट पार्टी एकीकृत मार्क्सवादी, लेलिनवादी र नेकपा माओवादी केन्द्रको नाम नै रहने जनाएको छ । २०७३ सालको जेठ तीन गतेअघि निर्वाचन आयोगमा दर्ता भएको आधारमा ओली र प्रचण्डको साविककै पार्टी अर्थात् नेकपा एमाले र माओवादी केन्द्र बिउँतिने सर्वोच्चको फैसलामा उल्लेख छ ।

No description available.