मकवानपुर– मकवानपुरमा अन्तराष्ट्रिय नारी दिवश (मार्च ८) विभिन्न कार्यक्रम गरेर मनाईने भएको छ । यो वर्ष फागुन २४ गते पर्ने अन्तराष्ट्रिय नारि दिवश मनाउने सन्र्दमा आज जिल्ला समन्वय समिति मकवानपुरमा बसेको पुर्व तयारी बैठकमा विभिन्न कार्यक्रम आयोजना गरेर मनाउने निर्णय भएको हो ।
जिल्ला समन्वय ससमिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले दिवशका अवसरमा जिल्लामा विभिन्न कार्यक्रम आयोजना गरेर भव्य रुपमा मनाउने निर्णय गरेको हो । बैठकले दिवश मनाउने सन्दर्भमा जिसस उपप्रमुख भगवती पुडासैनकिो संयोजक्त्वमा सबै संघ संस्थासदस्य रहने गरि जिल्ला स्तरीय मुल आयोजक समिति गठन गरेको छ ।

त्यस्तै बैठकमा विभिन्न संघ संस्थहरुले आ–आफ्नो तबरबाट विभिन्न कार्यक्रम आयोजना गरेर दिवश मनाउने जानकारी दिईएको छ । दिवशका अवसरमा हेटौंडा उपमहानगरपालिकाले नगर स्तरीय महिला जागरण समुह घोषणा गर्ने, बकैया गाउँपािलकाले लोलदोहोरी प्रतियोगिता आयोजना गर्ने, आँचल साहित्यले फागुन २२ गते संस्थाको वार्षिकोत्सव कार्यक्रम, श्रष्टा सम्मान एवम् कवि गोष्टि गर्ने, महिला संजालले ५० जना विद्यार्थीलाई स्टेसनरी सामग्री सहयोग तथा अन्य कार्यक्रम गर्ने, श्रृजनशिल नेपाललले २७ वटा बालकल्बलार्य खेलकुद सामग्री वितरण तथा वडा स्तरीय अन्तरकृया कार्यक्रम गर्ने, श्रृजना मञ्जुश्री असहाय केन्द्रले सडक नाटक गर्ने र मुल आयोजक समितिले मुख्य दिन बिहान ७ः३० बजे भुटनदेवी माविको खेल मैदानबाट बुद्ध चोक सम्म ¥याली सहति कोणसभाको कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । यस बाहेक पनि विभिन्न संघसंस्थाहरुले विभिन्न कार्यक्रम गरेर दिवश मनाउने भएका छन् ।
बैठकमा बकैया थाहा नगरपालिकाका उपमेयर खड्ग गोपाली, बकैया गाउँपालिका उपाध्यक्ष सरला बोलखेले, हेटौंडा–१ कि वडासदस्य बेगम बराललगायत विभिन्न संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिको उपस्थिती थियो ।