file photo

निशा गुरुङ/हेटौंडा

इन्द्रसरोवरको लिखित कुनै इतिहास तथा दस्तावेज उपलब्ध नभएपनि ऐतिहासिक दृष्टिकोणले महत्वपुर्ण रहेको मानिन्छ । राजा बिरेन्द्रले आफनो आमाको सम्झनामा इन्द्रसरोवरको अर्थ ताल, पोखरी, दह हुने हुनाले यस ठाउँलाई इन्द्रसरोवर भनि नामाकरण गरिएको भन्ने भनाइ रहेको छ । नेपालकै एकमात्र छुट्टै उदेश्य राखेर निर्माण गरिएको इन्द्रसरोवर ताल बि.स
२०३३÷३४ सालमा निर्माण सुरु गरि २०३८ सालमा निर्माण सुरु गरि २०३८ सालमा निर्माण सम्पन्न भएको थियो । राजा बिरेन्द्र बिरबिक्रम शाहदेव र प्रधानमन्त्री किर्तिनिधि विष्टको पालामा निर्माण भएको यस तालले आफनो बेग्लै इतिहास , पहिचान र महत्व बोकेको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापनासंगै राज्य पुनसंरचना हँदा साविकका गाभिएका मार्खु, कुलेखानी, सिस्नेरी, फाखेल गाविसका राजनैतिक दलका प्रतितिधिहरु, बुद्धिजीवीहरु ल्गायत सरोकारवालाहरुको घनिभुत छलफल पश्चात यस गाउँपालिकालाई इन्द्रसरोवर गाउँपालिकाको नामबाट मानाकरण गर्ने भनि गरिएको हो ।
इन्द्रसरोवर क्षेत्रलाई श्री क्युविक ब्याट्रीको नामले पनि चिनिन्छ । यँहा पानीको संचय गरि संचित पानीबाट आवश्यकता अनुसार विधुत उत्पादन गरिने हुनाले संचित पानीको ताललाई ब्याट्रीको संज्ञा दिई क्युविक ब्याट्री भनिएको हो । राज्यलाई लोडसेडिङ् मुक्त गराउनमा यस क्षेत्रले ठुलो भुमिका निर्वाह गरेको छ । यस तालको संचित पानीबाट कुलेखानी पहिलोबाट ६० मेघावट , दोस्रोबाट ३२ र नेस्रोबाट १४ मेघावट गरी जम्मा १०६ बिधुत जस्तो अतिआवश्यक कुराबाट महत्वपुर्ण योगदान पुराईएको छ ।
इन्द्रसरोवर गाउँपालिकामा समावेस भएका गाबिसहरुको आ आफनो किसिमका ऐतिहासिक पृष्ठभुमि रहेका छन् । साविक मार्खु गाविस हाल वडा नं १ को आफनै खालको किम्मदन्ति छन् । स्थानीय तामाङ भाषामा मा खु अर्थात निङगालो टुशाको तरकारी र म्हार खु अर्थात घिउ राखेर खाने गाउँवस्ती हो र यस शब्दको अपभ्रम्स भएर पछी मार्खु लेख्दै चलनचल्तीमा आएको स्थानीय पुर्वजहरुको भनाई रहेकाछन् ।
साविक कुलेखानी गाबिस हाल वडा नं २ को पनि आफनै इतिहास रहेको पाइन्छ । बिगतमा दैनिक ज्यालादारी गरि जीवन निर्वाह गर्ने मानिसहरुको बसोवासको बाहुल्यता रहेको यस ठाउँमा कुल्ली काम गरि खानेहरुको खानी नै रहेको हुदा कुलेखानी हुदै तत्कालिन शासक राणाहरुले चढेको गाडी बोकेर काठ्माण्डौ पुराउँदाको कुल्लीहरु र टाढा टाढा देखि भिमफेदि सम्म नुन तेल लिन आउने भरियाहरु जम्मा भएर खाजा खाने स्थान अर्थात कुल्लिे खाने स्थानलाई पछी कुलेखानी नामाकरण भएको साथै यस क्षेत्रमा प्रसस्त मात्रामा तामा , फलाम र किट खानीहरु भएकोले पनि पछिल्लो समय कुलेखानी नामबाट चिनिन थालेको स्थानीयहरुको भनाई रहेको छ ।
यसैगरी साविक फाखेल गाबिस हाल वडा नं ४ र ५ को पनि आफनो छुट्टै किसिमको इतिहास रहेको पाईएको छ । नेपाललको नलेखिएको इतिहासमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापनाको संवाहक तथा नेपाली राजनेताहरुबाट २०३३ चैत्र १२ गते रातिको ऐतिहासिक नख्खु जेल बिद्रोह पछीको राजनैतिक परिवर्तनको उधमस्थल फाखेल ।
प्राचीनकालमा भगवान रामले आफनो सिकारी कुकुरहरु सहित सिकार खेल्दै बनेललाई लखट्दै आउँदा अहिलेको फाखेलचौरमा आईपुग्दा उज्यालो अर्थात बिहानको भाले वासेकोले बनेल फाखेलचौरको नजिकैको बारीमा तथा एउटा कुकुर चौरमा र अर्को कुकुर कासिचौरमा ढुंगा अर्थात शिला भएको कथन रहेका छन् ।
स्थानीय तामाङ भाषामा फाग बनेल र खेल चौर अर्थात बनेल चर्ने ÷बनेल दौडने चौर लाई कालान्तरमा आएर फाग खेल लार्य पाखेल नामाकरण भएको हो भन्ने कुरा यहाँका अग्रजहरुले बनेल र कुकर ढुंगा प्रत्यक्ष देख्न सकिन्छ ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना संगै राज्य पुनसंरचना हँुदा ३ प्रदेश न÷बागमती प्रदेश अन्तर्गत मकवानपुर जिल्लाको यस इन्द्रसरोवर गाउँपालिका पुर्वी सिमाना दक्षिणकाली नगरपालिका काठ्माण्डौ तथा बागमती गाउँपालिका ललितपुर , पश्चिम र दक्षिण सिमाना भीमफेदी गाउँपालिका , उत्तर सिमाना थाहा नगरपालिका मकवानपुर र चन्द्रागिरी नगरपालिका काठ्माण्डौ रहेका छन् ।
हेटौंडा काठ्माण्डौ जोड्ने आजसम्मको छोटो मार्गको रुपमा रहेको हेटौंडा कुलेखानी फाखेल फर्पिङ सडक , हेटौंडा कुलेखानी सिस्नेरी फर्पिङ सडक तथा फाखेलदोभन चखेलदेउराली सतुंगल सडकहरु यस गाउँपालिकाको बीचभागबाट निर्माण भएका छन् ।
संघीय राजधानी काठ्माण्डौ देखि ४६ किलोमिटर तथा जिल्ला सदरमुकाम एवम् बागमती प्रदेको राजधानी हेटौंडाबाट ४२ किलोमिटरको दुरीमा रहेको यस गाउँपालिकाको क्षेत्रफल ९७.३२ वर्ग किलोमिटर रहेको छ भने ५ वटा वडामा विभाजन गरिएको छ । समुन्द्र सतह देखि १२९२ मिटरको उचाई वडा नं ३ सिस्नेरी बागमतीखोला दोभानबाट सुरु भएको यस इन्द्रसरोवर गाउँपालिकाको सबैभन्दा उच्च स्थान २५६१ मीटरको उचाई वडा नं ५फाखेल चखेलको शिर भालेश्वर चन्द्रागिरी हालको केवलकार संचालन हुँदै गरेको डाँडा रहेको छ ।
तीन हजार तिन सय एकानब्बे घरधुरी संख्या रहेको इन्द्रसरोवर गाउँपालिकामा सरदर २० हजार जनसंख्या रहेकाछन् । यस मध्ये तामाङ ७२..४ प्रतिशत नेवार ९.२ प्रतिशत ब्राम्हण , क्षेत्री ९.२ प्रतिशत ९४.२ रहेका छन् । ७ किलोमिटर लम्बाई र सरदर २.५ किलोमिटरको चौडाईमा फैलिएको बहुप्रतिष्ठित इन्द्रसरोवर ताल समुन्द्र सतह देखि १५४७ मिटरको उचाई वडा नं २ कुलेखानीबाट सुरु भै १७२४ मिटरको उचाईमा वडा नं १ मार्खु शेरा पुगेर अन्त्य भएका छन् ।
इन्द्रसरोवर गाउँपालिका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय हिसाबले पनि त्यत्तिकै महत्वपुर्ण रहेको मानिन्छ । वडा नं १ इन्द्रसरोवर ताल, तालको बिच डाँडा तनाव ब्यबस्थापन स्थल, नाटेश्वर महादेव मन्दिर, कालीदेवी मन्दिर, ठाडोखोला झरना, शत्यश्वर महादेव मन्दिर, लक्ष्मीनारायण मन्दिर, ओखरडाँडा भ्युटावर, नारायण स्थान मन्दिर
वडा नं २ इन्द्रसरोवर ताल, कलंकी दृश्यावलोकन थुम्को, कलंकी आउटलेट पिकनिक स्पोर्ट, सरस्वती मन्दिर, पन्चकन्य देवी मन्दिर, धनलक्ष्मी मन्दिर, ल्हुन्डुप छयौईलीङ गुम्बा, धेचिन गुम्बा, नाटयेश्वर महादेव मन्दिर, चौकीलेक दृश्यालोकन, हाँसुली डाँडा, सुलिकोट थुम्की महादेव मन्दिर ।
वडा नं ३ नाराण स्थान मन्दिर, वत्सलादेवी मन्दिर, आजदेश्वर मन्दिर तथा गुफा, हाङहाङ दुलो तथा झरना, जातिपोखरी दृश्यावलोकन, भैरवानाथ मन्दिर, लंकाधामी मन्दिर ।
वडा नं ४ हुमाने भन्जयाङ दृश्यावलोकन, काशीचौर दृश्यावलोकन, ऐतिहासिक फाखेलमैत्री सलेमले पार्क तथा दृश्यावलोकन, पुराणखर्क गुम्बा तथा दृश्यावलोकन, डाँडीखेल दृश्यावलोकन, फाखेल गुम्बा ।
वडा नं ५ चन्द्रागढी छापडाँडा पर्यापर्यटन तथा दृश्यावलोकन, महाचुनी मन्दिर, भैरव मन्दिर, पोखरी डाँडा पर्यापर्यटन तथा दृश्यावलोकन, पोखरी डाँडा दृश्यावलोकन, कालीदेवी मन्दिर, गुम्तेश्वरी गुफा, भालु गुफा, पेमा छयोईलीङ गुम्बा, श्री लोकेश्वर ङयुङने लाखाङ गुम्बा, उल्टादेवी मन्दिर, राममन्दिर, राधाकृष्ण मन्दिर साथै तामाङ, नेवार, मगरहरुको कला सास्कृतिक इत्यादि रहेको छ ।
इन्द्रसरोवर गाउँपालिकाको वडा नं ४ र ५ फाखेल तथा वडा नं १ र २ को पहाडी भु भाग बेमौसमी तरकारी उत्पादनको पकेट क्षेत्र हो । वडा नं १ र २ इन्द्रसरोवर ताल क्षेत्र भएकोले माछा उत्पादन सहित दैनिकरुपमा बिक्रिवितरण हुने गर्छन भने वडा नं २ र ३ को अधिकांस भुु भाग अमिलो जातको फलफुल पकेट क्षेत्र हुन् । बेमौसमी तरकारी खेति, फलफुल, पशुपन्छी र माछा पालन नै यहाँका समुदायका मुख्य आम्दानीको स्रोत रहेको छ ।
आर्थिक वर्ष २०७६ ÷०७७ को शिक्षा क्षेत्रको प्रगति विवरण अनुसार संघीय ससर्त अनुदान ५ करोड ७१ लाख ४ हजार मा ५ करोड ५ लाख ४८ हजार खर्छ भएको छ । प्रदेश ससर्त अनुदान १४ लाख ५५ हजारमा १३ लाख ९९ हजार खर्च , इन्द्रसरोवर गाउँपालिका अनुदान २ करोड २१ लाख ५२ हजारमा ६५ लाख ८७ हजार खर्च भएको गाउँपालिकाले जानकारी दिए ।
गाउँपालिकामा पुर्वाधार विकासको विवरण अनुसार गाउँपालिकामा सडक ३३ वटा, खानेपानी २५, भवन तथा मन्दिर ८, सिचाई ७, स्वास्थ्य संस्था ३, विधालय विधालय २, पशु सवै वडामा गोठ सुधार कार्यक्रम ५ वटा रहेको गाउँपालिकाले जनाएको छ ।
आव २०७६÷०७७ मा कार्यन्वयनका लागि पारित वजेट श्रोत अनुसार केन्द्रबाट २० करोड ६८ लाख ६८ हजार, प्रदेशबाट ५ करोड २१ लाख २३ हजार, आन्तरिक ६ करोड ३ लाख ८९ हजारमा कुल जम्मा २३ करोड ५१ लाख २३ हजार खर्च भएको गाउँपालिकाले जनाएको छ ।
आव २०७६÷०७७ खर्च स्रोत अनुसार चालुतर्फ १८ करोड २९ लाख ३२ हजारमा १३ करोड ८० लाख ४० हजार खर्च, पुजीगत १९ करोड ५ लाख ७ हजारमा ९ करोड ७० लाख ८२ हजार खर्च भएको छ ।
समग्र योजना तथा कार्यक्रमहरुको संक्षिप्त प्रतिवेदन अनुसार कार्यलय सञ्चालन तथा प्रशासनिकतर्फ ८१.२० प्रतिशत खर्च, सामाजिक विकासतर्फ ४१.८६ प्रतिशत, पुर्वाधार विकासतर्फ ४३.८६ प्रतिशत, आर्थिक विकासतर्फ ८८.९५ प्रतिशत खर्च, प्रशासकीय सुशासनतर्फ ७२.५७ प्रतिशत खर्च भएको गाउँपालिकाले जनाएको छ ।
आव २०७६÷०७७ मा कृषितर्फ १०८.८२ प्रतिशत , पर्यटनतर्फ ९८.७३ प्रतिशत , सहकारीतर्फ ७८ .७६ प्रतिशत , जलश्रोतत तथा सिचाईंतर्फ ९९.८४ प्रतिशत , बनतर्फ ९२.३१ प्रतिशत , पशुपन्छीतर्फ ५६.५७ प्रतिशत खर्च भएको गाउँपालिकाले जनाएको छ ।
इन्द्रसरोवर गाउँपालिकामा सामुदायिक विधालय २२, सस्थागत १, माध्यमिक विधालय संख्या ६, आधारभुत तह विधालय संख्या १७, बाल विकास केन्द्र संख्या ३१, यातायात पुर्वाधारतर्फ ४१.८४ प्रतिशत, भवन, आवस तथा सहरी विकासतर्फ ५०.३१ प्रतिशत, उर्जातर्फ ९७.४३, संचार तथा सुचना प्रविधितर्फ ४६.२३, सम्पदा पुर्वाधारतर्फ १००, सुशासन तथा अन्तरसम्बन्धी क्षेत्रतर्फ ७४.७६, सामाजिक सुरक्षा तथा संरक्षण ३.८१, युवा तथा खेलकुदतर्फ ४०.६२, खानेपानी तथा सरसफाई ६.७३, भाषा तथा संस्कृति ६०.१५, शिक्षा ७९.१९, स्वास्थ्यतर्फ ३४.४८, लैंगिक समानता तथा समावेशीकरणतर्फ ५७.३४, कानुनी तथा न्यायतर्फ ९९.६२, शान्ति तथा सुव्यावस्थातर्फ ६.१८, विपद व्यवस्थापनतर्फ ८३.८१ प्रतिशत खर्च भएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका उपलब्धि
गाउँपालिकाको पहिचान झल्किने लोगो निर्माण, वडा ४ र ५ लाई बागमती प्रदेशकै पहिलो बालमैत्री वडा घोषणा गरिएको साथै सम्पुर्ण गाउँपालिकालाई नै बाल मैत्री स्थानीय तह घोषणाको चरणमा, गाउँपालिकामा विभिन्न ऐन, नियमावली, कार्यविधि, निर्देशिका तथा रणनैतिक गोजनाहरु ग्रि २८ वटा निर्माण भएको, सबैको ध्यान ज्येष्ठ नागरिकको सम्मान भन्ने नारा अन्तर्गत ज्येष्ठ नागरिकहरुलाई निःशुल्क स्वास्थ्य जाँच तथा न्यानो कपडा वितरण साथै दिर्घ रोगि उपचार कार्यक्रम संचालन, कार्यपालिकाका पदाधिकारीहरुका लागि एकरुपमा कायम हुने पोशाकको व्यवस्था, इन्द्रसरोवर गाउँपालिका बागमति प्रदेशको पर्यटकिय गन्तब्य छनौट भई सो को डी.पी. आर. निर्माण क्रममा रहेको गाउँपालिकाले जनाएको छ ।
इन्द्रसरोवर गाउँपालिका पर्यटन गुरुयोजना निर्माण , चन्द्रागढी छापाडाँडा इको टुरिजम डी.पी.आर.निर्माण , फाखेलमैत्री पार्क निर्माणको सुरुवात , हेटौंडा काठ्माण्डौ जोड्ने छोटो दुरीमा रहेको चखेल देउराली मातातिर्थ सडकको निर्माण कार्य सुरु , महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई मासिक प्रोत्साहन भत्ता वितरण , दरबन्दी नभएको विधालयहरुमा गाउँपालिका स्वयम् सेवक शिक्षक सहयोग , निशुल्क कृतिम गरिएको गाउँपालिकाले जनाएको छ ।
समस्या
भौगोलकि कठिनता, दक्ष जनशक्तिको अभाव, प्राविधिक स्रोत साधन कमि, समुदायमा अधिकार र कर्तब्य निर्वाह सम्बन्धी चेतनाको कमि, हेटौंडा काठ्माण्डौ जोड्ने छोटो दुरीको सडक भएता पनि सडकको दुरावस्थाको कारण सर्वशुलभ यातायात संचालनमा समस्या रहेको । बिधालयहरुमा आवश्यक शिक्षक दरबन्दी नहँुदा शैक्षिक गुणस्तरियता कायम गर्न कठिनाई , विषयगत कर्मचारीको व्यवस्था नहँुृदा सेवा प्रवाहमा समस्या, छोटो दुरीको हेटौंडा कुलेखानी फाखेल हुमाने र सिस्नेरी हुँदै काठ्माण्डौ जाने सडकमा पहिरोका कारण नियमित रुपमा सडक संचालनमा समस्या रहेको गाउँपालिकाले जनाएको छ ।