हेटाैंडा– प्रधानमन्त्री केपी शर्मा आलीले प्रतिनिधिसभाका पुर्व सदस्य, जिविस मकवापुरका पुर्व सभापति बीरबहादुर लामाको निधन भएकोप्रति दुःख व्यक्त गनुभएको छ । सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गनुहुँदै प्रधानमन्त्री आलीले पञ्चायती व्यवस्था विरोधी तथा राजनीतिक, सामाजिक परिवर्तनको आन्दोलनका योद्धा, दिवंगत लामाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुहुँदै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नु भएको छ ।

लामाको निधन प्रति सामाजिक सञ्जाल फेशबुक मार्फत बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनीलगायतले गहिरो दुख व्यक्त गर्नुहँदै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्नुभएकाे छ ।