हेटाैंडा– नेपालभर गत २४ घण्टामा २ हजार ९३३ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ३ हजार १५० निको भइ घर फर्किएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएका १३ हजार ४४६ को पिसीआर परीक्षणमा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
काठमाडौँ उपत्यकामा १ हजार ६३० सङ्क्रमित भएका छन् । जसमध्ये, काठमाडौंमा १ हजार ३२९, भक्तपुरमा १०८ र ललितपुरमा १९३ जना रहेका छन् । अहिलेसम्म निको हुनेको सङ्ख्या १ लाख ३७ हजार ९९२ रहेको छ । नेपालको निको हुनेको दर ७८.२ प्रतिशत पुगेको छ । देशभर पछिल्लो २४ घण्टामा कोरोनाभाइरस (कोविड–१९) सङ्क्रमणबाट २४ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या ९८४ पुगेको छ । सङ्क्रमित हुने मध्ये ०.६ प्रतिशतको ज्यान गएको छ ।