हेटाैंडा– पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा।डा।जागेश्वर गौतमले उक्त जानकारी दिनुभयो । यो सँगै संक्रमितको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ । जसमध्ये ९६ हजार ६०९ जना निको भएका छन् । सक्रिय संक्रमितको संख्या ४१ हजार ७५५ रहेको छ ।
यस्तै आज थपिएका संक्रमितमध्ये १ हजार ७०२ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा १ हजार ४३१ भक्तपुरमा १४८ र ललितपुरमा १२३ जना नयाँ संक्रमित थपिए । यसैबीच २४ घण्टामा २ हजार १०८ जना कोरोनामुक्त भएका छन् । यस्तै २४ घण्टामा थप ८ संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ७६५ पुगेको छ ।