निशा गुरुङ/हेटाैंडा

मकवानपुरको उत्तरी क्षेत्र स्थित थाहा नगरपालिकालाई जिल्ला समन्वय समिति मकवानपुरले आर्थिक वर्ष २०७६÷०७७ को जिल्लाकै उत्कृष्ट स्थानीय तह घोषणा गरेर पुरस्कृत गरेको छ । थाहा नगरपालिकालाई संघीय सरकारले समेत यो वर्ष पेश्की फस्र्यौटमा उत्कृष्ट कार्य गरेकोमा पुरस्कृत गरेको थियो । भौगोलिक विकटता रहेको थाहा नगरपालिकामा १२ वटा वडा छन् । नगरमा २५ हजार ५२ महिला र २३ हजार ५ सय ७९ पुरुष गरि कुल ८ हजार ६ सय ४९ घरधुरी र ४७ हजार ६ सय ७१ जनसंख्या रहेको छ ।
थाहानगरमा आर्थिक वर्ष २०७६÷०७७ मा खर्च रकम चालु बजेट १ करोड ५७ लाख ७३ हजारमा १ करोड ५२ लाख ३७ हजार र पूँजीगत बजेट ८६ करोड ७५ लाख ६१ हजारमा खर्च रकम ७८ करोड ८३ लाख भएको छ । आर्थिक वर्ष २०७४÷०७५ मा बेरुजु फछ्र्यौट रकम ९२ दशमलव २३ प्रतिशत भएको छ । आव २०७५÷०७६ मा ९६ दशमलव ६ प्रतिशत भएको थियो । आर्थिक वर्ष २०७६÷०७७ मा आर्थिक विकासका लागि बिनियोजन बजेट ६ करोड ९१ लाख ६३ हजारमा ५ करोड ७१ लाख ७८ हजार खर्च भएको छ ।
नगरपालिकाले सामाजिक विकासका लगि विनियोजन बजेट १६ करोड ४३ लाख ३५ हजारमा १५ करोड २२ लाख २१ हजार खर्च भएको छ । शिक्षामा बजेट १७ करोड ८ लाख १५ हजारमा १५ करोड ७४ लाख ५५ हजार खर्च भएको छ । यस्तै स्वास्थ्यमा ५ करोड ८९ लाख ५९ हजारमा ५ करोड ८० लाख २९ हजार खर्च भएको थाहा नगरपालिकाले जानकारी दिएको छ । सामाजिक सुरक्षा तथा संरक्षण बजेट विनियोजन ११ करोड ५८ लाख २९ हजारमा ११ करोड ५८ लाख २९ हजार नै खर्च भएको छ ।
त्यस्तै पूर्वाधार विकास बजेट ३१ करोड ९५ लाख ५७ हजारमा २८ करोड ८० लाख ७३ हजार र सुशासन तथा अन्तर्सम्बन्धित क्षेत्र १ करोड ९४ लाख २ हजारमा १ करोड ७५ लाख ८८ हजार खर्च भएको मेयर लवशेर बिष्टले बताए । कार्यालय सञ्चालन तथा प्रशासनिक बजेट ८ करोड ११ लाख १ हजारमा ७ करोड २९ लाख ९१ हजार खर्च भएको छ । पालिकाको आर्थिक वर्ष २०७६÷०७७ को योजनामा सडक ५२ वटा (१ सय ३ दशमलव १४ किलोमिटर) कच्ची सडक निर्माण गरेको छ । खानेपानीका १२ योजनाबाट ६ हजार घरधुरी लाभान्वित भएका छन् ।
सहरी विकास तथा भवन १० वटा निर्र्माण भएका छन् । त्यसबाट करिब ५ हजार जनसंख्या लाभान्वित भएका छन् । कृषि तथा सिचाईं ४ वटाबाट १ सय ८० घरधुरीलाई फाइदा पुगेको छ । नगरका सबै वडा विद्युतीकरण भएर सबै जनतामा विद्युत् पहुँच पुगेको छ । नगरपालिका पूर्णरुपमा साक्षर बनेको छ । विपद् व्यबस्थापन पूर्वाधार १४ वटाबाट ८ सय ४० घरधुरी लाभान्वित भएका छन् ।
पर्यटन तथा सांस्कृति पूर्वाधार १६ वटा, स्वास्थ्य चौकी ५ वटा, आधारभुत स्वास्थ्य केन्द्र ३ वटा, शहरी स्वास्थ्य केन्द्र ३ वटा, प्राथमिक स्वास्थ्य केन्द्र १ वटा छन् । नगरपलिकाका सामुदायिकतर्फ बहुमुखी क्याम्पस १ वटा, उच्चमावि ६ वटा, माध्यमिक ५ वटा, आधारभुत ४२ वटा, बालविकास केन्द्र ६२ वटा छन् । निजीतर्फ माध्यमिक ६ वटा, आधारभुत ३ वटा र प्रिप्राइमरी १ वटा छन् ।
नगरको कृषि विकासतर्फ आलु पकेट क्षेत्र ८ वटा, तरकारी पकेट क्षेत्र १० वटा, किबी पकेट क्षेत्र ३ वटा छन् । कृषि समूह तथा फार्मतर्फ कृषक समूह १ सय ४१, कृषि फार्म १ सय १४, फलफुल नर्सरी ४ वटा छन् । पशु सेवातर्फ भैंसी पकेट क्षेत्र १ वटा, गाई पकेट क्षेत्र २, बाख्रा पकेट क्षेत्र ५, बंगुर÷बाख्रा पकेट क्षेत्र २ वटा छन् । पशुपालन कृषक समूह फार्म ४४ वटा र पशुपालन फार्म ३० वटा रहेको नगरपालिकाले जनाएको छ ।
पालिकाका न्यायिक समितिमा परेका मुद्धा संख्या १८ वटा, मेलमिलापका माध्यमबाट समाधान गरिएका मुद्धा संख्या ७ वटा, मेलमिलापका माध्यमबाट समाधान गर्न नसकी माथिल्लो निकायमा पठाइएको मुद्धा संख्या १० वटा र छिनोफानो गर्न बा“की मुद्धा संख्या १ वटा रहेको पालिकाले बताएको छ ।
सामाजिक सुरक्षा सम्बन्धि लाभग्राहीहरु ज्येष्ठ नागरिक २ हजार ७ सय ९०, एकल महिला ७ सय ६२, अतिअशक्त १ सय ९१, पूर्णअशक्त ५४, बालपोषण १ सय ३ जना छन् । नगरपालिकाले पञ्जीकरण सम्बन्धी सबै वडाबाट अनलाइन घटना दर्ता सञ्चालन गरेको छ । सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा व्यबस्था गरिएको छ । पञ्जीकरण शाखामातहत एमआईएस एकाईं स्थापना गरी परिचालन भएको बताइएको छ ।
वडाका सूचना फारामहरु नगरमा व्यबस्थापन गरिएको र शत्प्रतिशत अनलाइन व्यक्तिगत घटना दर्ता कार्य सञ्चालन गरी पञ्जीकरण विभागबााट सम्मानित भएको जनाइएको छ । सामाजिक सुरक्षाभत्तालाई पूर्ण विद्युतीय तथ्यांक व्यबस्थापन गरी बैंकिङ प्रणालीबाट भुक्तानी भइरहेको बताइएको छ । नगरले सबै वडामा इन्टरनेट विस्तार गरी दैनिक पत्र व्यबहारलाई सहज बनाइएको छ ।
पालिकाका अनुकरणीय कार्यहरु
९६ दशमलव ०२ प्रतिशत बेरुजु फछ्र्यौट गरी नेपालमै सर्वोत्कृष्ट स्थानीय तहमा परी मन्त्रालयबाट पुरस्कृत भएको हो । समग्र रुपमा मकवापुरका १० स्थानीय तहमध्ये उत्कृष्ट भएर जिल्ला समन्वय समितिबाट पुरस्कृत भएको हो । थाहानगरले वडाबाट एकीकृत सम्पत्तीकर तिर्न सकिने र त्यसको अभिलेख नगरपालिकमा रहने व्यबस्था गरेको छ । ईसूचना बोर्ड, ईनागरिक वडापत्र, ईहाजिरी कार्यन्वयनमा छ ।
थाहानगरका कार्यालयमा सबै कोठामा सीसी टिभी र इन्टरकम टेलिफोन जडान गरिएको छ । नगरका १२ वटै वडा आफ्नै भवन निर्माण गरी कार्यालय सञ्चालनमा छ । प्राविधिक इस्टिमेट नेपाली भाषामा समेत गर्ने गरिएको, ६० किलोमिटर सडकको डीपीआर, पुल र पार्कको डीपीआर, खानेपानी गुरुयोजना, नगरको सडक गुरुयोजना र पर्यटन गुरुयोजना निर्माण भएको, वडाबाट नगरपालिकामा गरिने पत्रव्यवहारलाई पेपरलेस गरिएको र नगरपालिकाले अन्यत्र मत्रचार गर्दा हस्तलिखत पत्र निरुत्साहिति गरिहएको , वडाबाट एकीकृत सम्पत्ती कर तिर्न सकिने र त्यसको अभिलेख नगरपालिकामा रहने व्यवस्थाका लागि आफनै सर्भर राखिएको छ ।
उपभोक्ताले भुक्तानी लिँदा कार्यालयमा आउनुनपर्ने र सीधै बैंक खातामा जम्मा गरी मोबाइल म्यासेजबाट सन्देश जाने व्यबस्था मिलाइएको छ । बजार व्यबस्थापन समिति र टोल विकास संस्थाको साझेदारीमा फोहोर व्यबस्थापन गर्ने गरिएको छ । काममा आधारित राहत कार्यक्रम सञ्चालन गरी राहत बितरण गरिएको छ ।
प्रत्येक वडा बजेटबाट ४० लाखको अनिवार्य १÷१ योजना छनौट गर्नुपर्ने र अन्य योजना ७ लाख भन्दा तलको छनौट गर्न नपाइने व्यबस्था छ । सञ्चालित कोष तथा खर्च खाताको अनलाइन बैकिङबाट हरेक दिन स्टेटमेन्ट भिडान गर्ने गरिएको र ‘फोहोरबाट मोहर’ कार्यक्रम गरिएको छ ।
नगरले कोभिड–१९ नियन्त्रण गर्न लकडाउन अवधिमा स्तरीय क्वारेन्टिन व्यबस्था गरेको छ । पालिकास्तरीय सचिवालय गठन गरी दैनिक क्रियाकलाप सञ्ंचालन तथा सोको प्रतिवेदन तयार गरी दैनिक प्रकाशन गर्ने गरिएको छ । आम्दानी खर्चको दैनिक प्रतिवेदन तयार गरी सार्वजनिक गर्ने गरिएको छ । क्वारेन्टिनका लागि छुट्टै स्वास्थ्यकर्मीको व्यबस्था गरिएको छ भने नगरबाहिर बसोबास गर्ने नगरबासीलाई ल्याउन पहल गरिएको छ । घरघरमा स्वास्थ्यकर्मी खटिएर स्वाब संकलन तथा कन्ट्याक ट्रेसिङ गरिएको छ । होम आइसोलेसनमा रहेकाहरुको दैनिक घरघरमा गएर स्वास्थ्यकर्मीद्वारा स्वास्थ्य परीक्षण व्यबस्था मिलाइएको मेयर बिष्टले बताए ।
सुझाव तथा अपेक्षा
मालपोत, कुलेखानी जलविद्युत् आयोजना र चन्द्रागिरि हिल्सबाट प्राप्त गर्नुपर्ने राजस्व बाँडफाँडको रकम पाउन आबश्यक पहल गरिदिनुपर्नेछ । प्रदेश तथा संघीय सरकारसंगको सहकार्यमा सञ्चालन गरिने योजनामा आबश्यक समन्वय गरिनुपर्ने अपेक्षा राखिएको मेयर बिष्ट बताउँछन् । ढुंगा, गिट्टी र बालुवाको प्रभावकारी व्यबस्थापनका लागि निर्देशिका तयार गरिदिनुपर्ने थाहानगरपालिकाले जनाएको छ ।

मुख्य समस्याहरु
भौगोलिक विकटता, भाषागत समस्या, कमजोर आन्तरिक आय, सीमित स्रोतसाधन उपलब्धता, जिल्ला दररेटबमोजिम कामदार तथा अन्य निर्माण सामग्री उपलब्ध नहुने र दरबन्दीबमोजिम कर्मचारी पदपूर्ति नभएको समस्या नगरमा रहेको मेयर बिष्टले बताए ।