फाइल् तस्विर

मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले भोली आयोजना गर्न लागेको जिल्लास्तरीय बार्षिक समिक्षाको सम्पुर्ण तयारी पुरा भएको छ । भोली आयोजना गर्न लागिएको जिल्ला समिक्षाको तयारीका सन्र्दभमा आज बसेको बोर्ड बैठकले स्वास्थ्य सुरक्षाको सम्पुर्ण मापदण्डहरु पालना गरेर कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।

जिल्लास्तरीय समिक्षामा जिल्ला स्थित स्थानीय तहहरु तथा सरकारी एवम् गैरसरकारी कार्यालयहरुले आर्थिक वर्ष २०७६/२०७७ मा गरेका गतिविधिहरुको समिक्षा गर्ने गरिन्छ । कोभिड १९ को महामारीमा सुरक्षाका उपाय अपनाउँदै जिल्लामा रहेका स्थानीय सरकार तथा कार्यालयहरुले आर्थिक वर्ष २०७६÷२०७७ मा गरेका गतिविधिहरुको समिक्षा गरिने जिसस मकवानपुरका प्रमुख रघुनाथ खुुलालले बताउनुभयो । समिक्षा कार्यक्रममा जिल्लामा भएका समग्र गतिविधिहरुको समिक्षा गरिने उहाँले जानकारी दिनुभयो ।
त्यस्तै कार्यक्रममा मकवानपुर जिल्लामा रहेर विभिन्न क्षेत्रमा योगदान पु¥याउनु हुने साथै जिल्ला समन्वय समितिलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पु¥याउनु हुने विभिन्न व्यक्ति एवम् संघ संस्थालाई सम्मान तथा प्रशंसा पत्र समेत प्रदान गरिने उहाँले बताउनुभयो । बोर्ड बैठकमा जिसस उपप्रमुख भगवती पुडासैनी, समन्वय अधिकारी आनन्दराज पोख्रेल, सदस्यहरु देशराज रिमाल, सिता अधिकारी, बुद्धि बहादुर मोक्तान, सरिता विश्वकर्मा, सानुकान्छि स्याङतानलगायतको सहभागिता थियो ।