हेटौंडा– हेटौंडा–७, न्यूरेनीका कोरोना संक्रमित ७८ वर्षीय वृद्धको शुक्रबार बिहान चितवनमा मृत्यु भएको छ । ७८ वर्षीय वृद्धको बुधबार स्वाब संकलन गरी परीक्षण गर्दा बिहीबार साँझ कोरोना संक्रमण पुष्टि भएको थियो ।
दम, मुटु राेग लगायतका स्वास्थ्य समस्याबाट पीडित वृद्धको चितवनकाे भरतपुर अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान ७ बजे निधन भएको अस्पतालले जनाएको छ । उहाँको कोभिड निमोनियाको कारण मृत्यु भएको अस्पतालले जनाइएको छ ।