हेटौंडा– मकवानपुर प्रहरीले २२९ किलो लागुऔषध गाँजा बरामद गरेको छ । अस्थायी प्रहरी पोष्ट नामटारबाट मोटरसाइकल गस्तीमा खटिएको प्रहरीको टोलीले भिमफेदी गाउँपालिका–९ ढुङगेन नजिकै भित्री बाटोको खोल्सीमा लुकाई छिपाई राखेको गाँजा बरामद गरेकाे हाे ।

बुधबार बेवारिसे अवस्थामा फेला पारेको लागुऔषध गाँजा जिल्ला प्रहरी कार्यालयले आज सार्वजनीक गरेकाे हाे । ९ वटा बाेरामा १८ वटा बण्डल बनाई प्लाष्टिकमा प्याकिङ् गरी राखेको लागूऔषध गाँजा २२९ किलो बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले बताउनुभयो । घटनाको थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।