मकवानपुर– मकवानपुरको कैलाश गाउँपालिकाले आधुनीक प्रविधिको अदुवा भण्डारण केन्द्र निर्माण गरेको छ । गाउँपालिकाले कृषकले उत्पादन गरेका अदुवाको उचित व्यवस्थापनका लागि १२ लाख ५० हजारको लगानीमा १० टन क्षमताको आधुनीक प्रविधिको भण्डारण केन्द्र निर्माण गरेको हो ।

No photo description available.

गाउँपालिकाका अधिकांश क्षेत्रमा कृषकले अदुवा खेती गर्ने गरेका छन् । तर कृषकले उत्पादन गरेका अदुवा परम्परागत तरिकाबाट भण्डार गर्दा टुसा चाँडो उम्रने, ढुसी लाग्ने तथा तौल घट्नेजस्ता समस्या आउने समस्या रहेको थियो । त्यसको निराकणका लागि गाउँपालिकाले आधुनीक प्रविधिको भण्डारण केन्द्र निर्माण गरेको गाउँपालिका अध्यक्ष टंक मोक्तानले बताउनुभयो ।

Image may contain: one or more people, plant, outdoor and nature

कैलाश गाउँपालिकामा साविकको कालिकाटार र भार्ता गाविसका ४ वटा अदुवा बल्क क्षेत्र र साविक नामटार र गोगने गाविसका ४ वटा वडामा अदुवा पकेट क्षेत्र विस्तार भएको छ । गाउँपालिकालाई नै बल्कको रुपमा विकास गर्ने गाउँपालिकाको योजना अनुसार कृषकको उत्पादनको व्यवस्थापनका लागि वडा नम्बर ९ मा भण्डारण केन्द्र निर्माण गरिएको उहाँले बताउनुभयो । उहाँले अन्य स्थानमा समेत भण्डारण केन्द्र निर्माणको तयारी रहेको बताउनुभयो ।

Image may contain: mountain, grass, plant, outdoor and nature

अदुवामा ८५ प्रतिशतसम्म पानीको मात्रा हुने भएकाले अदुवा भण्डारण गर्दा सुक्ने, चाउरिने र छिट्टै टुसा आएर गुणस्तर घट्ने समस्या आउने गर्दछ । त्यसको निराकरणका लागि आधुनीक प्रविधिको “काँचो इँटाको भकारी” भण्डारण केन्द्र निर्माण गरिएको हो । भण्डारण केन्द्र कृषक समुहलाई सञ्चालन गर्न दिने ९ नम्बर वडा अध्यक्ष सुमन लटौलालले बताउनुभयो ।