मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले सरुवा भएर जान लाग्नु भएका मकवानपुरका ट्राफिक प्रहरी प्रमुखको हरि विष्णु ढकालको विदाई गरेको छ । बुधबार कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर जिसस मकवानपुर परिवारले ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक ढकाललाई विदाई गरेको हो ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले उहाँलाई मायाको चिनो सहित आगामि कार्यकालको सफलताको शुभकामना सहित विदाई गर्नुभएकाे हो । विदाई कार्यक्रममा जिसस प्रमुख खुलालले ट्राफिक प्रहरी प्रमुख ढकालले जिल्लाको ट्रफिक व्यवस्थापनमा पु¥याउनुभएको योगदानाको प्रशंसा गर्दै आगामि कार्यकालको शुभकामना व्यक्त गर्नभएको थियो ।
कार्यक्रममा ट्राफिक प्रहरी प्रमुख ढकालले मकवानपुरको ट्राफिक व्यवस्थापनमा आफुले ईमान्दारीका सक्दो प्रयास गरेका बताउनुभयो । उहाँले जिल्ला समन्वय समितिबाट पनि आफुले धेरै सहयोग प्राप्त गरेको बताउनुभयो । ढकाल सरुवा भएर काठमान्डौं जान लाग्नु भएको हो ।