मकवानपुर– जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले कोरोना संक्रमितको हौसला बढाउन भेटघाट गर्नुभएको छ । प्रमुख खुलालले हेटौंडा–९ स्थित संक्रमितको घरमै पुगेर स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुका साथै संक्रमितको हौसला बढाउनुभएको हो ।

उहाँले भौतिक दुरी कायम गर्दै संक्रमितलाई भेटेर स्वास्थ्य सावधानी अपनाउन, पौष्टिकयुक्त खाना खान, व्यायाम गर्न, नआत्तिन आग्रह गर्नुभयो । उहाँले हौसलाका साथ कोरोना जित्न सकिने हुनाले हौसला कायम राख्न संक्रमित व्यक्तिलाई आग्रह गर्नुभयो । उहाँले नडराई नआत्तिइ कन सावधानी अपनाउने र थोरै ध्यान दिए संक्रमणबाट निको हुन सकिने भन्दै “कोरोनालाई जित्नुपर्छ भनेर अठोट गरे कोराना जितिने बताउनुभयो । भेटपछि संक्रमिले भेटघाटले आफुलाई हौसला मिलेको निको भएको अनुभुति मिलेको प्रतिकृया दिनुभयो ।