मकवानपुर– मकवानपुरमा मंगलबार थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलबार साँझ प्राप्त रिपोर्ट अनुसार १८ जना पुरुष र १२ जना महिला गरी थप ३० जनामा संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला प्रसाद चौलागाईले जानकारी दिनुभयो ।
हेटौंडा १० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रयोगशालामा गरीएको परिक्षणको रिपोर्ट अनुसार हेटौँडाका २९ जना र हेटौडामा कार्यरत भक्तपुर ठेगाना भएका एक जना रहेको चौँलागाईले बताउनुभयो । यस्तै आज पुनपरिक्षणबाट ५ जानाको रिपोर्ट पोजेटिभ आएको समेत उहाँले जानकारी दिनुभयो । यसअघि आजै हेटौँडा औद्योगिक क्षेत्रमा रहेको बहुराष्ट्रिय कम्पनी बर्जर पेन्टस्मा कार्यरत ११ जना कर्मचारीमा कोरोना पुष्टि भएको थियो । काठमाडौंको विएनबी अस्पतालका प्राविधिक टोलीले हेटौंडा आइ स्वाब संकलन गरे गरिएकोे परिक्षणमा ११ जनामा कोरोना पुष्टि भएको चौँलागाईले बताउनुभयो ।