मकवानपुर– हेटौंडामा आज थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भदौ १२ गते सङ्कलन गरिएको स्वाबको नमूना परिक्षण गर्दा आज हेटौंडाका ८ पुरुष र ६ महिलामा कोरोना पुष्टि भएको हो ।
आज प्राप्त रिपोर्ट अनुसार १४ जना नै हेटौंडा नगर क्षेत्रका रहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला प्रसाद चौलागाइले जानकारी दिनुभयो । हेटौंडा–१ का ३७ वर्षिया एकजना महिला, वडा नम्बर २ का ३० र ६२ वर्षिया दुइ महिला र ५२ वर्षिय एक पुरूष, वडा नम्बर ४ का १८ वर्षिया एक महिला र २२ र ३० वर्षिय दुइ पुरूष, वडा नम्बर ७ का ५० वर्षिया एक महिला, वडा नम्बर ८ का २८ वर्षिय एक महिला, वडा नम्बर ९ का ४९ वर्षिया एक महिला र १५ वर्षिय एक पुरूष, वडा नम्बर १२ का ४९ वर्षिय र वडा नम्बर १९ का ४५ वर्षिय पुरूषमा संक्रमण पुष्टि भएको चौलागाइले जानकारी दिनुभयो ।