मकवानपुर– मकवानपुरमा शनिबार थप ९ जनामा कोरोना पुष्टि भएको छ । हेटौंडा १० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रयोगशालामा गरीएको परिक्षणमा ९ जनामा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले जानकारी दिनुभएको छ ।
भदौ ९, १० र ११ गते संकलित २९९ स्वाबको परिक्षण गर्दा आज जिल्ला बाहिरका एक पुरुषसहित ६ जना पुरुष र ३ जना महिला गरि ९ जनामा संक्रमण पुष्टि भएको उहाँले बताउनुभयो । आज प्राप्त रिपोर्ट अनुसार हेटौडा उपमहानगरका वडा नम्बर १ का एक महिला र दुई पुरुष, वडा नम्बर २ का एक महिला, वडा नम्बर ४ का एक जना महिला र दुई जना पुरुष तथा उमेर र वार्ड नखुलेको राक्सिराङ गाउँपालिकाका १ जना रहेको उहाँले बताउनुभयो । जस मध्ये मकवानपुरमै अस्थायी रूपमा बस्दै आएका जिल्ला बाहिरका एक जना रहेको साथै ४ जनाको पुन स्वाब लिनुपर्ने भएकाे उहाँले बताउनुभयो ।
त्यस्तै पछिल्लो ३ दिनको जम्मा ३६ जनाको पुन परिक्षण गरेकोमा २९ जनाको नेगेटिभ र ७ जनाको पुन पोजेटिभ रिपोर्ट आएको समेत उहाँले जानकारी दिनुभयो । यस्तै अब नयाँ परिक्षण गर्न बाँकि संख्या २० रहेको चौलागाइले बथताउनुभयो ।