हेटाैंडा– नेपालमा पछिल्लो २४ घण्टामा थप आठ सय १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले  पछिल्लो २४ घण्टामा आठ हजार २६ जनाको पीसीआर विधिमार्फत कोरोना परीक्षण गर्दा आठ सय १८ जनामा सङ्क्रमण देखिएको जानकारी दिनुभयो ।
त्यस्तै गएको २४ घण्टामा दुई सय ८१ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या १८ हजार ६ सय ३१  पुगेको छ । अब नेपालमा १३ हजार एक सय ५५ जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै ११ हजार चार सय १४ जना क्वरेण्टीनमा रहेको उहाँले जानकारी दिनुभयाे ।