मकवानपुर– मकवानपुरमा शनिबार खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको मकवानपुरगढी गाउँपालिका–३ स्थित सामरी खोलाले बगाउँदा मकवानपुरगढी गाउँपालिका–३ का लालबहादुर सुनारको मृत्यु भएको हो ।
आज बिहान दुध पु¥याउन गएका ५७ वर्षीय सुनारलाई सामरी खोलाले बगाउँदा मृत्यु भएको ईलाका प्रहरी कार्यालय मकवानपुरगढीका ईन्चार्ज प्रहरी नायव निरीक्षक कृष्ण केसीले जानकारी दिनुभएको छ । प्रहरीका अनुसार मकवानपुरगढीको डुम्रेकुनामा दुध पु¥याएर फर्किएका सुनुवारलाई सामरी खोलाले बगाएको हो । अहिले सुनुवारको शवको मुचुल्का उठाएर पोस्टमार्टमका लागि हेटौंडा अस्पताल पठाईएको उहाँले बताउनुभयो ।