हेटैंडाः लियो क्लब अफ मकवानपुर हेटौंडाले बुधबार बृक्षारोपण गरेको छ । सामाजिक उत्तरदयित्व अन्तरत क्लबले हेटौंडा–१४ स्थित गैरीगाउँ चेपाङ बस्तीमा बृक्षारोपण कार्यक्रम गरेको हो ।
क्लबले चेपाँङ बस्तीमा ४ सय वटा विभिन्न प्रजातिका बिरुवा रोपेको हो । लियो क्लब अफ मकवानपुर हेटौंडाका अध्यक्ष सन्तोष बस्यालको सभाध्यक्षतामा भएको कार्यक्रममा ३ नम्बर प्रदेशसभा सदस्य जुनेली श्रेष्टको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख आतिथि श्रेष्टले बिरुवा रोप्ने सरकारको अभियानमा सहयोग गरेको भन्दै क्लबलाई धन्यवाद दिनुभएको थियो । उहाँले बिरुवा रोप्नु भन्दा त्यसलाई हुर्काउनु ठुलो कुरा भएको बताउनुभयो ।
क्लबलाई हर्नामाडी बन सब डिभिजन कार्यलयका सहायक बन अधिकृत सालिकराम भट्टराईले बिरुवा उपलब्ध गराउनुभएको क्लबका सुदिन पौडेलले जानकारी दिनुभयो । उहाँले आगामि दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभएको छ ।