सत्तारुढ नेकपाको आज बस्ने भनिएको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । बैठक २६ गते शुक्रबारसम्मको लागि स्थगित भएको पार्टी प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो ।
गएको असार ११ गतेदेखि सुरु भएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीको राजीनामा माग भएपछि नेकपाभित्र विवाद बढेको छ । यही विवादको कारण स्थायी कमिटी बैठक प्रभावित भएको छ । पछिल्ला केही दिनदेखि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सहमतिको प्रयास भैरहेको छ । दुई अध्यक्ष एक्लाएक्लै छलफल गर्न थालेपछि विवाद केही मत्थर हुन थालेको छ, तर सहमति भने भैसकेको छैन ।









