सन् २०२२ मा हुने कतार विश्वकप फुटबलको तयारी तीब्र पारिएको छ । कोरोना भाइरसको महामारीका कारण खेल प्रतियोगिताहरु प्रभावित भइरहेका बेला कतार विश्वकप फुटबल आउँन अझै धेरै समय भएकाले त्यहाँको सरकारले आफ्नै गतिमा तयारी जारी राखेको छ ।

विश्वकप आयोजनाका लागि पूर्वाधार निर्माण गरिरहेको कतारले तेस्रो रंगशालाको निर्माण सम्पन्न गरेको जनाइएको छ । कोरोना भाइरसको महामारीका कारण डिजिटल उद्धघाटन गरिएको जनाइएको छ । कतारको एजुकेशन सिटी स्टेडियमको क्षमता ४० हजार दर्शकको रहेको छ । यसलाई डायमन्ड इन द डेजर्ट नाम दिइएको छ । स्टेडियमलाई ग्लोबल सस्टेविलिटी एसेसमेन्टका आधारमा फाइभ स्टार रेटिङ प्राप्त भएको पनि जनाइएको छ । यो रेटिङ पाउने विश्वको पहिलो स्टेडियम भएको पनि कतारले दावी गरेको छ ।