हेटाैंडा । हेटाैंडा उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नविन सिग्देलले शैक्षिक गुणस्तर सुधारका लागि शैक्षिक क्षेत्रमा प्रयाप्त बजेट विनियाेजन गर्नुपर्ने तथा स्थानीय तहका जनप्रतिनिधिहरूले ध्यान दिनुपर्ने बताउनु भएकाे छ । ४ नम्बर वडा कार्यालयकाे आयाेजना तथा शैक्षिक गुणस्तर सुधार समिति, हेटाैँडा ४ काे व्यवस्थापनमा एकीकृत पठ्यक्रम २०७६ काे प्रवाेधिकरण कार्यक्रममा बाेल्दै वडा अध्यक्ष सिग्देलले नगरलाई समृद्व र उत्कृष्ट बनाउन पहिलाे काम शिक्षालाई उत्कृष्ट बनाउनु पर्नेमा जाेड दिनुभयाे ।
एकीकृत पठ्यक्रम २०७६ काे १ देखि ५ कक्षाकाे १ दिने प्रवाेधिकरण कार्यक्रममा उहाँले भाैतिक विकाससंगै शिक्षा, स्वास्थ्य, खेलकुद, राेजगारी उत्पादनसम्बन्धि क्रियाकलाप व्यापक हुनुपर्ने बताउनुभयाे ।

कार्यक्रमका अध्यक्ष तथा शैक्षिक सुधार समिति, हेटाैँडा ४ का संयाेजक श्रीराम दाहालले निरन्तर क्रियाकलाप, प्रतिस्पर्धा र समन्वयकाे माध्यमद्वारा शैक्षिक गुणस्तर सुधारमा महत्वपूर्ण भूमिका निर्वाह गर्न समिति लागिपरेकाे बताउनुभयाे । कार्यक्रममा वडाले शैक्षिक सुुधारकाे लागि गरेकाे विभिन्न गतिविधि र भावी याेजनाबारे समेत जानकारी गराईएकाे थियाे । वडाका ८ वटा विध्यालयका ७० जना शिक्षक सहभागी भएकाे प्रवाेधिकरण कार्यक्रममा राम सागर गुरागाईँले सामाजिक, बेदराज काेईरालाले नेपाली, दीपक अधिकारीले गणित, सुर्य घिमिरे अंग्रेजी र सुवास खनाल सुवासबारे प्रशिक्षण दिनुहुनेछ । कार्यक्रममा वडाका ३ वटा सामुदायिक र ५ संस्थागत विध्यालयका ७० भन्दा बढी शिक्षकहरूकाे सहभागितामा सामाजिक, गणित, विज्ञान, अंग्रेजी तथा नेपाली विषयमा प्रवाेधिकरण गरिएकाे छ । कार्यक्रममा वडा विभिन्न विद्यालयका व्यवस्थापन समितिका अध्यक्षहरू, प्रधानाध्यापक, शिक्षक, विद्यार्थिलगायतकाे सहभागिता थियाे ।