हेटौंडाः बागमती प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री युवराज दुलालले देशको विकासका लागि बालबालिकाकाे क्षेत्रमा लगानी गर्न जरूरी रहेकाे बाताउनुभएको छ । बालमैत्री स्थानीय शासन सम्बन्धमा स्थानीय तहका महिला स्वास्थ स्वयंसेवीककाहरुका लागि सोमबार हेटौंडामा आयोजित एक दिवशीय अनुशिक्षण कार्यक्रमको उद्घाटन गर्दै मन्त्री दुलालले चुनौति पूर्ण कार्य भए पनि देशको विकास गर्न राज्यले बालमैत्रि स्थानीय शासन लागु गर्नुपर्नेमा जोड दिनुभयो । बागमती प्रदेश स्वास्थ्य मन्त्रालय र जिल्ला समन्वय समिति मकवानपुरको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।

May be an image of 7 people, people standing and people sitting

मन्त्री दुलालले उच्च ओहदामा रहेकाहरुले भाषण गर्न चासो राख्ने तर नीति निर्माण र सुक्ष्म कामहरुलाई खासै चासो नराख्ने गरेको बताउँदै आधारभुत तहमा बसेर काम गर्ने महिला स्वास्थ स्वयंसेवीककाहरुको लागि नीति नभएको धारणा राख्नुभयो । स्वास्थ्य देशको महत्वपूर्ण विषय भएकोले समाजका बालबालिकाको स्वास्थ राख्न स्वास्थ स्वयंसेवीककाहरुको ठुलो भुमिका हुने उहाँले बताृउनुभयो । स्थानिय सरकारले भौतिक पुर्वाधारमा मात्रै नभई सामाजिक क्षेत्रको विकासको लागि बजेट विनियोजन गर्नुपर्ने बताउँदै सरकारमा रहेर आफुले विगतमा बालबालिकाको क्षेत्रमा कार्य गरेको र आगामि दिनहरुमा पनि गर्दै जाने बताउनुभयो ।

May be an image of 7 people

स्वास्थ्य क्षेत्रलाई ध्यनमा राख्दै जिल्ला समन्वय समिति मकवानपुरले स्थानिय तहमा महिला स्वास्थ स्वयंसेवीककाहरुको महत्वपुर्ण भुमिका रहने भएकाले मकवानपुरका स्थानीय तहका महिला स्वास्थ स्वयंसेवीककाहरुलाई अनुशिक्षण कार्यक्रम गरेको हो । कार्यक्रममा बाल स्वास्थ्य, पुत्र खाना, आधारभुत सरसफाई, नवजात शिशु स्याहार, गर्भवस्थाको स्वास्थ्य, महिला प्रजनन, विद्यालय नर्स कार्यक्रमको आवश्यकता र सकारात्मक प्रभावको विषयमा अनुशिक्षण प्रदान गरिएको थियो । कार्यक्रमा बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका रेवती थापा, सिविन हेल्प लाईन संयोजक झबेन्द्र ज्ञवाली र जिसस मकवानपुरका शाखा अधिकृत सुनिता कुमारी गजुरेलले सहजीकरण गर्नुभएको थियो ।

May be an image of 5 people, people sitting and people standing

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलानको अध्यक्षतामा भएको कार्यक्रममा जिसस उपप्रमुख सानुकाजी लुईटेल, प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, स्वास्थ्य मन्त्रालयका प्रवक्ता दिपक प्रसाद तिवारी, समन्व्य अधिकारी बासुदेव खतिवडालगायतले मन्त्व्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्इहरु, दश वटै स्थानिय तहका स्वास्थ्य शाखा प्रमुखहरु र स्वयंसेवीककाहरुको उपस्थिति रहेको थियो ।