हेटौंडा– गर्मिको सुरुवातसँगै हेटौंडामा लामखुट्टेको टोकाईबाट हुने डेंगू रोगको संक्रमण बढ्न नदिनका लागि हेटौंडा उपमहानगरपालिकाले ‘स्प्रे’ अभियान सञ्चालन गरेको छ । गत बर्ष बैशाख देखि असोजसम्म देखिएको डेंगूको संक्रमणले नगरमा फैलिएको त्रास रोक्न यस पटक वर्षा अघि देखिएको लामखुट्टे नियन्त्रण गर्ने र बर्षा पछि फेरी ‘स्प्रे’ अभियान सञ्चालन गरेर डेंगू नियन्त्रणगर्न सकिन्छ कि भन्ने आधारमा अहिले बाटै अभियान सञ्चालन गरेको उपमहानगरको स्वास्थ्य शाखाका सिनियर अहेब अधिकृत अनन्त बास्कोटाले बताए ।
हेटौंडा–२ मनकामना चौकबाट सुरु गरीएको स्प्रे, चौकिटोल ओरालो, बजारको मुख्य क्षेत्र मेनरोड, फरेष्टी गेट, रजत जयन्ती चौक बाट पारिजातपथ र राप्तीरोडको चाइना क्वाटरसम्म पुगेको हेटौंडा उपमहानगरपालिका कार्यालयले जनाएको छ । डेंगू स्प्रेका लागि उपमहानगरले बाहिरी भागमा रहेका लामखुट्टे मार्न ५ वटा ‘स्प्रे गर्न’ मेसिन र किटनाशक औषधिकोे प्रयोग गरीएको छ ।
उपमहानगरले महामारी नियन्त्रण शाखाबाट ल्याएको लामखुट्टे मार्नका लागि प्रयोग हुने झोल औषधीको प्रयोग गरेर अभियान सञ्चालन गरीरहेको शाखाले जनाएको छ । शाखाका अनुसार अहिले लामखुट्टे नियन्त्रणका लागि प्रयोग भैरहेको औंषधिले मानब स्वास्थ्यमा नकारात्मक असर नहुने बताईएको छ । लामखुट्टे देखिएसँगै अहिले केही संख्यामा डेंगूको संक्रमण देखिन थालेको उपमहानगरको स्वास्थ्य शाखाले जनाएको छ ।