राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेकाे छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) सानोठिमी भक्तपुरले कक्षा १२ को परीक्षा वैशाखमा गर्ने निर्णय गर्दै परीक्षा तालिकासमेत प्रकाशित गरेको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार वैशाख २६ गते मङ्गलवारदेखि परीक्षा सुरु हुनेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ । परीक्षा जेठ ५ गते शुक्रबारसम्म चल्नेछ ।
exam-12