हेटौंडा। मकवानपुरकौ बकैया गाउँपालिकाले आज देखि लागू हुने गरी तीन दिन सार्वजनिक बिदा दिएको छ । आज शनिबार, भोली पनि सार्वजनिक विदा र ९ गतेका लागि समेत गरेर तीन दिन सार्वजनिक बिदा दिएको हो ।
शुक्रबार एक सूचना जारी गर्दै गाउँपालिकाले ल्होसार पर्वको अवसरमा माघ ७, ८ र ९ गते पालिकाभर सार्वजनिक विदा दिने निर्णय गरेको हो । दुइ दिनको सार्वजनिक विदामा समेत फेरी गाउँपालिकाले पनि एक दिन थप गरेर विदा दिइएको हो । तामाङ समुदायको सोनाम ल्होसार पर्व परेकोले गाउँपालिका ल्होसार मनाउन ३ दिन सार्वजनिक विदा दिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकालाकाका निमित्त कार्यकारी अधिकृत मिलन दुलालले एक सुचना प्रकाशित गर्दै सोनाम ल्होछारको अवसरमा तिन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो। मकवानपुर जिल्ला तामाङ समुदाय बाहुल्य जिल्ला हो ।