मकवानपुर – हेटौंडा उपमहानगरपालिका—९ स्थित मानवसेवा आश्रमलाई २५० वटा कम्बल सहयोग प्राप्त भएको छ । आश्रमलाई बुधबार वीरगंज आदर्शनगरस्थित रुँगटा वेलफेयर सोसाईटीले पोषक ब्रिडर प्रालि र ओ. सी. बी. पैलेट फिड प्रालिको आर्थिक सहयोगमा कम्बल सहयोग गरेको हो ।

सोसाईटीका अध्यक्ष मुर्लीधर रुँगटाले आश्रमलाई २५० वटा कम्बल हस्तान्तरण गर्नुभएको मानवसेवा आश्रम मुख्य कार्यालय हेटौंडाका अभियन्ता होमनाथ पौडेलले जानकारी दिनुभयो । अत्याधिक चिसो बढेको अवस्थामा आश्रितहरुलाई न्यानो कपडाको अभाव भएपछि सोसाईटीले कम्बल सहयोग गरेको पौडेलले बताउनुभयो । कार्यक्रममा जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख राजेन्द्रदेव पाण्डे, जिल्ला प्रहरी कार्यालयका प्रमुख बामदेव गौतम, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण गुप्ता अग्रवाल लगायत सोसाईटीका सदस्यहरुको उपस्थिति थियो ।