हेटौंडा – हेटौंडामा रहेको लायन्स क्लबहरुको संयुक्त आयोजनामा बकैया गाउँपालिकामा निशुल्क दन्त शिबिर संचालन भएको छ । लायन्स क्लब अफ नेपालको रिजन– ११ र जोन–२१ अन्तर्गत रहेको लायन्स क्लब अफ हेटौंडा सुर्योदय, लायन्स क्लब अफ हेटौंडा सुर्योदय राइजिङ, लायन्स क्लब अफ हेटौंडा योङ ग्यालेक्सी र लायन्स क्लब अफ हेटौंडा सुर्योदय प्लसको संयुक्त आयोजनामा बकैया अस्पतालमा शिबिर संचालन गरिएको हो ।
दन्त शिबिरमा १५० जना सेवाग्राहिलाइ सेवा दिइएको शिविर कार्यक्रम संयोजक असिम पौडेलले जानकारी दिनुभयो । सिविरमा जिल्ला युवा समितिका अध्यक्ष शिबहरि दाहाल, लायन्सका नेताहरु प्रकाश सुवेदी, किशन घिसिङ, जीवन मैनाली, सम्राट सिलवाल, पृथ्वी नेपाल लगायतको उपस्थिति रहेको थियो ।
शिबिरलाई हेटौंडा -१ मा रहेको अल्फा डेन्टलले प्राबिधिक सहयोग र सक्षम फार्मेसीले औषधि लगायत सामग्रीको सहयोग गरेको थियो । लायन्सको सुर्योदय परिवारले आफ्नो नियमित सामाजिक कार्य अन्तर्गत रक्तदान कार्यक्रम, बिध्यालयमा पोसाक तथा स्टेशनरी बितरण लगायतको विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको संयोजक पौडेलले दिनुभयो ।