मकवानपुर – भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपालले ६ जना व्यक्तिलाई पुरस्कृत गरेको छ । प्रतिष्ठानले शनिबार हेटौंडामा एक कार्यक्रमबाबीच समाजको विभिन्न क्षेत्रमा योगदान पु¥याउने साहित्यकार, कलाकार, स्वास्थ्यकर्मीलगायत ६ जना व्यक्तिलाई एकसाथ पुरस्कृत गरेको हो ।
प्रतिष्ठानले तुलसीमाया शिवकुमारी सिर्जनशील नारी पुरस्कारबाट मकवानपुरकी साहित्यकार भावना सापकोटालाई पुरस्कृत गरेको छ । उहाँलाई नगद १० हजार सहित दोसल्ला ओढाएर सम्मानित गरिएको थियो । यस्तै, २० हजार नगद राशिको विजय बानियाँ स्मृति लोक संगीत पुरस्कारबाट गायक रविन्द्र कुमार चेपाङ, १५ हजार नगद राशिको चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कारबाट बासुदेव गुरागाईं, १० हजार राशी सहितको मंगलादेवी स्मृति स्वास्थ्य सेवा पुरस्कारबाट वेला वैद्य, १० हजार राशीको अजित सेन गुप्ता स्मृति भिन्न क्षमता पुरस्कारबाट हेटौंडाका विदुर अधिकारी र ७ हजार पाँचसय नगद राशीको भीम–मथुरा बाल प्रतिभा पुरस्कारबाट सुविज्ञा सुवेदीलाई पुरस्कृत गरिएको प्रतिष्ठानका अध्यक्ष हयग्रीव आचार्यले जानकारी दिनुभयो ।
प्रतिष्ठानका अध्यक्ष आचार्यको अध्यक्षता एवम् वरिष्ठ साहित्यकार तथा संगीतकार तुल्सी थापाको प्रमुख आतिथ्यतामा भएको पुरस्कारहरु वितरण कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार मुक्तिगोविन्द वैद्य, मकवानपुरका विभिन्न साहित्य क्षेत्रका संघसंस्थाका प्रतिनिधि तथा साहित्यकारहरुको उपस्थिती रहेको थियो ।