हेटौंडा । पछिल्लो दिनहरुमा देशभर कोरोना संक्रमण बढीरहेको अवस्थामा मकवानपुरमा पनि संक्रमण दर बढीरहेको छ । जिल्लामा शुक्रबार थप ७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुर अनुसार ४० जनामा गरिएको पिसिआर परीक्षणमा थप ७ जनामा संक्रमण पुष्टि भएको हो ।
पुष्टि हुनेमा सबै हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् । बिहिबार जिल्लामा ४ जनामा संक्रमण पुष्टि भएको थियो । यसैगरि,पछिल्लो २४ घण्टामा थप ७ जना संक्रमण मुक्त भएको कार्यालयले जनाएको छ । हाल जिल्लामा २९ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।