मकवानपुर – ददन भण्डारी फाउण्डेशन मकवानपुरद्धारा २० जनाको सदस्यता खारेज गरेको छ । सोमबार फाउण्डेशनका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले फाउण्डेशन बिरोधी गतिविधि गरेको भन्दै २० जनालाई कारबार्ही गर्दै सदस्यता खारेज गर्ने निर्णय गरेको हो ।

No description available.

बैठकले बलराम फुयाल, किशोर टण्डन, गणेश बहादुर रसाईली, लोकनाथ पाण्डे, शिवनाथ चौधरी, धुब्र भुजेल, मिना लामा, गायत्री सुवेदी, उद्धब प्रसाद सापकोटा, सत्यनारायण मण्डल, पुरुषोत्तम आचार्य, रामचन्द्र दाहाल, हिमप्रसाद पौडेल, सुकराम केसी, पारस पाठक, यादवप्रसाद गौतम, गौतम केसी, धन मुक्तान र किरणमान बललाई साधारण सदस्य समेत नरहने गरि सदस्यता खारेज गरेको फाउण्डेशनका अध्यक्ष खुलालले बताउनुभयो ।
यस्तै बैठकले ७१औं मदन जयन्तीका अवसरमा आयोजना गरेको विभिन्न कार्यक्रमको समिक्षा गरेको छ । ७१औं मदन जयन्तीमा आयोजित सबै कार्यक्रमहरु प्रभावकारी भएको भन्दै सहयोग र संयोजन गर्ने सबैमा बैठकले धन्यवाद समेत व्यक्त गर्ने निर्णय गरेको छ । ७१औं मदन जयन्तीमा फाउण्डेशनले रक्तदान कार्यक्रम, वक्तृत्वकला प्रतियोगिता, बृक्षा रोपण, माल्यापर्ण र भिडियो निर्माण जस्ता कार्यक्रम गरेको थियो ।

No description available.

त्यस्तै बैठकले श्रावण मसान्तसम्ममा सदस्यता नविकरण गरिसक्नु पर्ने निर्णय गरेको छ । सदस्यता नविकरणका लागि लागि सुचना प्रवाह गर्ने साथै नयाँ सदस्यता विस्तार गर्ने समेत निर्णय गरेको उहाँले बताउनुभयो । यस्तै बैठकले श्रावण महिनामा “सामाजिक आर्थिक रुपान्तरणमा जबज र मदन भण्डारीको योगदान” विचार गोष्टीको आयोजना गर्ने निर्णय गरेको छ ।
बैठकमा फाउण्डेशनका केन्द्रिय सदस्य एवम् बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले फाउण्डेशन कृयाशील भएर लागेको बताउनुभयो । उहाँले फाउण्डेशनले अन्य सामाजिक क्षेत्रका काममा समेत कृयाशिलता देखाउनु पर्ने उहाँको भनाई थियो । उहाँले मदन भण्डारी फाउण्डेशन र बागमती प्रदेशद्धारा स्थापित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अलग अलग भएको बताउनुहुँदै यस विषयमा जनातालाई प्रष्ट पार्न जरुरी रहेको बताउनुभयो । कार्यक्रममा फाउण्डेशनका सदस्यहरुको उपस्थिती थियो ।