गोरखा र कास्कीमा भूकम्प गएको छ । गोरखाको थुमी केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो भने कास्कीको धम्पुस केन्द्रबिन्दु भएर ४.९ रेक्टर स्केलको भूकम्प गएको हो । आज बिहान ७ बजेर २२ बजेको समयमा गोरखाको थुमी केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
गोरखा आसपासका जिल्लाहरुमा पनि भूकम्पको धक्का महसुस भएको छ । गण्डकी प्रदेशको राजधानी पोखरालगायत यस आसपासका क्षेत्रमा आज बिहानै भूकम्पको धक्का महसुुस भएको छ । यसैगरी आज बिहान ३ बजेर ५६ मिनेट जाँदा कास्कीको माछापुच्छे« गाउँपालिका–७ धम्पुस केन्द्रबिन्दु भएर चार दशमलव नौ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्पको धक्का कास्कीसहित यस आसपासका बागलुङ, पर्वत, म्यादी र तनहुँसम्म महसुस गरिएको थियो ।