मकवानपुर – मदन भण्डारी फाउन्डेसन मकवानपुरले ७१औं मदन जयन्ती विभिन्न रचनात्मक कार्यक्रमको आयोजना गरेर मनाउने निर्णय गरेको छ । मदन भण्डारी फाउण्डेशन मकवानपुरको तेस्रो साधारणसभाबाट निर्वाचित कार्यसमितिको पहिलो बैठकले रक्तदान, वक्तित्वकला प्रतियोगिता, बृक्षारोपण र माल्यार्पणलगायत विभिन्न कार्यक्रम गरेर ७१औं मदन जयन्ती मनाउने निर्णय गरेको हो ।

फाउण्डेशनका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले मदन जयन्तीका अवसरमा आगामी असाढ १३ गते “मैले बुझेको मदन भण्डारी” शीर्षकमा वक्तित्वकला प्रतियोगिता आयोजना गर्ने, असाढ १२ गते रक्तदान कार्यक्रम आयोजना गर्ने र असाढ १४ गते हेटौंडा–११,शहिद स्मारकमा मदन भण्डारीको शालिकमा माल्यार्पण तथा हेटौंडा–९, स्थित, दिव्य बाल उद्यानमा बृक्षारोपण कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो । बैठकले यी कार्यक्रमहरु सञ्चालकका लागि विभिन्न जिम्मेवारी समेत प्रदान गरेको अध्यक्ष खुलालले बताउनुभयो ।

बैठकले तेस्रो साधारणसभामा पाल्नुहुने प्रमुख अतिथी, अतिथि लगयत साधारणसभा सम्पन्न गर्न सहयोग पु¥याउनु हुने सम्पुर्णमा धन्यवाद व्यक्त गर्ने निर्णय गरेको छ । यस्तै पहिलो बैठकले कमलकुमार बिश्वकर्मा, किताब सिंह लामा, लक्ष्मण प्रसाद भण्डारी, गणेश कुमारी प्रधान र डिलुमाया घर्तीलाई कार्यसमितिमा मनोनित गर्दै २१ सदस्य कार्यसमिति बनाउने निर्णय गरेको छ । यस्तै बैठकले १८–२६ वर्षका युवाहरुबीचमा “मैले बुझेको मदन भण्डारी” शीर्षकमा भिडियो निर्माण गर्ने समेत निर्णय गरेको छ ।

बैठकमा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री एवम् फाउण्डेशनका केन्द्रिय सदस्य डोरमणी पौडेलले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको बाटोमा हिँडेर यहाँसम्म आईपुगिएको बताउनु भयो । उहाँले अहिले जनताको बहुदलीय जनवाद ओझेलमा परेको हुँदा अब फाउण्डेशनले त्यसलाई नयाँ पुस्तामा पु¥याउन र समृद्ध समाज निर्माणमा भुमिका खेल्नु पर्ने बताउनुभयो । जनताको बहुदलीय जनवादको बाटोमा हिड्न सके मात्रै मदन भण्डारीप्रतिको सच्चा श्रद्धाञ्जली हुने समेत उल्लेख गर्नुभयो ।