मकवानपुर – जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका निवर्तमान प्रमुख रघुनाथ खुलालले नवनिर्वाचि प्रमुख÷उपप्रमुख एवम् सदस्यहरुलाई सकारात्मक र रचनात्मक भएर अगाडी बढ्न सुझाव दिनुभएको छ । बिहीबार नवनिर्वाचित प्रमुख ललितबहादुर घलानलाई जिम्मेवारी हस्तान्तरण गर्नुहुँदै निवर्तमान प्रमुख खुलालले यस्तो सुझाव दिनु भएको हो ।

May be an image of 9 people, people sitting, people standing and indoor

निवर्तमान प्रमुख खुलालले जिल्ला समन्वय समितिलाई शुन्यबाट याहाँसम्म ल्याई पु¥याउन साथ र सहयोग पु¥याउनु हुने सम्पूर्णमा धन्यवाद व्यक्त गर्नुहुँदै नवनिर्वाचित पदाधिकारीहरुलाई आगामी दिनमा संस्थाले सुरुवात गरेका राम्रा कामलाई निरन्तरता दिन आग्रह गर्नुभयो । उहाँले सकारात्मक भएर गरिएका जुन सुकै काम सफल हुने भन्दै सधैं सकारात्मक भएर समन्वय र सहजिकरण गर्न समेत सुझाव दिनुभएको छ । उहाँले कामका सिलसिलामा संस्थालाई जुनसुकै अवस्थामा सहयोग गर्न तत्पर रहेने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । सबैको चाहना सुखि र समृद्ध मकवानपुर निर्माण भएकाले यसमा लाग्न र जनताले सुम्पीएको जिम्मेवारी कुशलता पूर्वक बहन गर्न शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा नवनिर्वाचि प्रमुख घलानले जनताले दिएको जिम्मेवारी सकुशल निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । उहाँले सबैलाई साथ सहयोग र मार्ग निर्देश गर्न आग्रह समेत गर्नुभयो ।
जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका नवनिर्वाचित प्रमुख घलानलाई निवर्तमान प्रमुख खुलालले बोर्ड बैठक र समन्वय बैठकको बैठक पुस्तिका हस्तान्तरण गर्नुभएको थियो । बिहीबार सम्पन्न निर्वाचनबाट जिसस प्रमुखमा घलान, उपप्रमुखमा सानुकाजी लुइटेल विजयी हुनुभएको छ । यस्तै महिला सदस्यमा तारा ढुंगाना, विष्णुमाया थपलिया र सुमित्रा थिङ, निर्वाचित हुनुभएको छ । भने, दलित सदस्यमा सुनिता दर्नाल परियार निर्विरोध निर्वाचित हुनुभएको छ । यस्तै खुलातर्फ ३ जना सदस्यमा वीरेन्द्र कुमार लामा, खड्क बहादुर पुलामी र सुवर्ण गोपाली विजयी हुनुभएको छ ।

May be an image of 5 people, people sitting and indoor

कार्यक्रममा बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, प्रदेश नीति तथा योजना आयोग सदस्य प्रह्लाद लामिछाने, प्रजिअ भरतमणी पाण्डे लगायतको उपस्थिती रहेको थियो ।

May be an image of 9 people and people standing