हेटौंडा – नेपालमा आज एकै दिन ५ हजार ८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २० हजार ५ सय ६० नमुना परिक्षण गर्दा ५ हजार ८७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । बिहीबार कोरोनाबाट संक्रमित हुनेको सङ्ख्या ३ हजार ५ सय ५३ जनामा सङ्क्रमण पुष्टि भएकोमा आज बढेर ५ हजार नाघेको हो ।
मन्त्रालयका अनुसार हाल देशभरि १८ हजार २ सय ३५ जना सक्रिय सङ्क्रमितले आइसोलेसनमा रहेर उपचार गराइरहेका छन् । आज १० वर्ष मुनीका ६१ जना बालबालिका र ११ देखि २० वर्ष मुनीका ३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सबैभन्दा बढी संक्रमित हुने उमेर समूह २१ देखि ३० वर्षका १ हजार ५ सय १० जना रहेको मन्त्रालयले जनाएको छ । गएको २४ घण्टामा ३ सय ६ जना सङ्क्रमणमुक्त भएका छन् । त्यस्तै, आज कोरोना सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

No photo description available.
Facebook Notice for EU! You need to login to view and post FB Comments!