अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले न्युजिल्यान्डका एजाज पटेललाई डिसेम्बर महिनाकाे सर्वश्रेष्ठ पुरुष क्रिकेटर चुनेकाे छ । एजाज पटेलले डिसेम्बरमा मुम्बईमा भारतसँगकाे टेस्ट क्रिकेटमा इतिहास रचेका थिए । उनले भारतकाे एक पारीमा सबै १० विकेट लिएका थिए । जिमल लेकर र अनिल कुम्बलेपछि एजाज यस्ताे इतिहास रच्ने विश्वकाे तेस्राे बलर थिए ।
बायाँ हाते स्पिनर एजाजले डिसेम्बर महिनामा मात्र एक टेस्ट क्रिकेट खेलेका थिए र उनले १६ दशमलव ०७ काे औसतमा १४ विकेट लिएका थिए । मुम्बई टेस्टमा एजाज पटेलले भारतकाे पहिलाे पारीमा सबै १० विकेट लिँदा दाेस्राे पारीमा चार विकेट हात पारेका थिए । एजाज पटेलले मुम्बई टेस्टमा दुई सय २५ रन दिएर १४ विकेट लिएका थिए । याे सन् २०२१ मा खेलिएकाे टेस्ट क्रिकेटमा सबैभन्दा राम्राे प्रदर्शन थियाे । यद्यपि एजाज पटेलकाे यस प्रदर्शनकाे बाबजुद न्युजिल्यान्डले याे टेस्ट हारेकाे थियाे ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!