मकवानपुर – नेपाली काँग्रेसको १४औं महाधिवेश अन्तरगत बागमती प्रदेश सभापतिमा ईन्द्रबहादुर बानीयाँ विजयी हुनुभएको छ । सोमबार राति १० बजे सम्पन्न मतगणना अनुसार बानीयाँ एक हजार ८५ मत प्राप्त गरी १५८ मतान्तरले प्रदेश सभापतिमा विजयी हुनुभएको हो ।
उहाँका प्रतिस्पर्धी जगदिश्वर नरसिंह केसीले ९ सय २७ मत प्राप्त गर्नु भएको छ । सभापतिमा निर्वाचित बानियाँ काग्रेश संस्थापन पक्ष शेरबहादुर देउवा पक्ष र कृष्ण सिटौलापक्षका साझा उमेदवार हुनुहुन्छ भने केसी रामचन्द्र पौडेल पक्षका उमेदवार हुनुहुन्छ ।  निर्वाचन समितिका संयोजक केशव काफ्लेका अनुसार कूल २ हजार १ सय ५२ मत मध्ये २ हजार २५ मत खसेको थियो । भने, १३ मत बदर भएको थियो । हेटौंडा–१०, स्थित वन विज्ञान अध्यन संस्थानमा प्रदेश उपसभापति लगायत प्रदेश कार्य समितिका सदस्यहरूको मतगणना भने भोलि बिहान ९ बजेबाट सुरु गरिने संयोजक काफ्लेले जानकारी दिनुभएको छ ।
यस अघि हिजो भएको मतदानमा कुनै पनि उम्मेदवारले कूल सदर मतको ५० प्रतिशत भन्दा बढी मत प्राप्त गर्न नसकेपछि बढी मत प्राप्त गर्ने दुई उम्मेदवारी बिच आज पुनः निर्वाचन भएको थियो । नेपाली काँग्रेसको विधान अनुसार सभापतिमा निर्वाचित हुन कुल सदर मतको ५० प्रतिशत भन्दा बढी मत प्राप्त गर्नुपर्ने व्यवस्था रहेको छ ।