चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र प्रतिस्पर्धा नभई एकता मुख्य कुरा भएको बताउनुभएको छ । प्रतिपक्षी र विपक्षीसँग प्रतिस्पर्धा गर्नुपर्ने र पार्टीभित्र एकता हुनुपर्ने ओलीको भनाइ छ । दशौँ महाधिवेशनको बन्द सत्रमा सम्बोधनका क्रममा अध्यक्ष ओलीले एकतामा जोड दिन नेता र कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो । 

पार्टीभित्र आन्तरिक एकता मुख्य कुरा हो । प्रतिपक्षीसँग प्रतिस्पर्धा मुख्य कुरा हुन्छ । पार्टीभित्र अगाडि बढ्दा एकता मुख्य कुरा हुन्छ । पार्टीभित्र प्रतिस्पर्धा मुख्य कुरा होइन एकता मुख्य कुरा हो । यसले विपक्षीसँग लड्नका लागि बल पैदा हुन्छ,’ उहाँले भन्नुभयो । राज्य संयन्त्रको दुरुपयोग भइरहेको भन्नुहुँदै उहाँले स्वतन्त्र न्यायालयको दुरुपयोग भएको बताउनुभयो । शक्ति पृथकीकरणको सिद्धान्त खलबलिँदै गए लोकतन्त्रका लागि खतरा हुने  बताउनुभयो । 

Facebook Notice for EU! You need to login to view and post FB Comments!