मकवानपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले) काे १०औं राष्ट्रिय महाधिवेशनको लागि मकवानपुरका एमाले नेता एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल मनोनित हुनुभएको छ । बागतमी प्रदेश सदस्य समेत रहनुभएका खुलाललाई पार्टीको स्थायी कमिटी बैठकले महाधिवेशन प्रतिनिधि मनोनित गरेको हो । स्थायी कमिटी बैठकले मकवानपुरबाट नेता खुलाल र भारती पाठकसहित १०६ जनालाई महाधिवेशन प्रतिनिधिमा मनोनित गरेको हो ।