हेटौंडा – नेकपा एमाले निकट युवा सङ्घले हेटौंडा १३ पदमपोखरीमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
रक्तसञ्चार केन्द्र हेटौंडामा रगत अभाव भएपछि युवा संघ नेपाल हेटौंडा उपमहानगर १२ र १३ नम्बर वडा कमिटीले आज बिहान हेटौंडा–१३ पदमपोखरीमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा ६५ जनाले रक्तदान गरेको युवा संघ हेटौंडा उपमहानगरपालिका अध्यक्ष राजेश नगरकोटीले जानकारी दिनुभयो । युवा संघ नेपाल हेटौंडा उपमहानगर १२ नम्बर वडा कमिटी अध्यक्ष महेश भट्टराई र १३ नम्बर वडा अध्यक्ष सिन्धु लामा थोकरको संयुक्त अध्यक्षतामा तथा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा एमाले युवा संघ नेपालका केन्द्रीय सदस्य नरेन्द्र भण्डारी र युवा संघ नेपाल हेटौंडा उपमहानगर कमिटीका अध्यक्ष राजेश नगरकोटी, एमाले जिल्ला सदस्य कृष्ण खतिवडा, रक्तसञ्चार केन्द्र हेटौंडाका प्रमुख टंकप्रसाद दाहाललगायतको सहभागीता रहेको थियो ।