मकवानपुर – मदनभण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पताललाई दुइवटा भेण्टीलेटरसहित करीब ६० लाख बराबरको स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको छ । कोरोना महामारीमा उपचार गर्न सहज हो सभन्ने उदेश्यका साथ बुद्धीष्ट चुची फाउण्डेशनले अस्पताललाई भेण्टीलेटरसहित स्वास्थ्य सामग्री सहयोग गरेको हो ।
फाउण्डेशनका नेपाल प्रतिनिधि महेश नकर्मीले भेण्टीलेटरसहतिका स्वास्थ्य साग्री बागमती प्रदेशका स्वास्थ्य मन्त्री प्रदिप कटुवाललाई हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा मन्त्री कटुवालले कोरोनाकै कारण स्वास्थ्य क्षेत्रमा निकै सुधार भइरहेको वताउनुभयो । सहयोगमा आएको ६० लाखको सामाग्री राख्ने मात्र नभई प्रयोगमा ल्याइने वताउनुभयो । कोभीडलाई अवसरको रुपमा बदल्न प्रदेश सरकार तयार रहेको उहाँले वताउनुभयो । कार्यक्रम प्रतिष्ठानका उपकुलपती डाक्टर विश्वराज जोशीको अध्यक्षतामा भएको हो । फाउण्डेसनले भेन्लिेटरसहित ग्लोब्स, मास्क र अन्य मेडीकल सामाग्री गरि ६० लाख बराबरको सामग्री हस्तान्तरण गरेको हो ।